२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

जिल्लास्तरीय समाचकेवा महोत्सव सम्पन्न

Nada
घुरन यादव
२०८१ मंसिर १ गते २१:३५
Shares
जिल्लास्तरीय समाचकेवा महोत्सव सम्पन्न

सप्तरी : सप्तरी जिल्लाको नेगडा मा.वि.मा जिल्लास्तरीय समाचकेवा महत्सव सम्पन्न भएको छ । तराईका आदिवासी थारु समुदायका दिदीबहिनीहरुले दाजुभाइको दीर्घायूको कामना गर्दै समाचकेवा पर्व मनाउने गर्छन् ।

ncell

कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले परापूर्वकालदेखि मनाइँदै आएको पर्व लोप हुन नदिनु सबैको दायित्व रहेको बताउँदै समाचकेवा पर्वको शुभकामना व्यक्त गरे ।

कार्यक्रममा मधेश प्रदेश (४ ख) का सांसद अनिरूद्ध प्रसाद सिंहको विशिष्ट आतिथ्यता रहेको थियो भने सुरूङ्गाकी मेयर गीता चौधरी, बोदे बरसाईनका मेयर आतेश सिंह, बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादव, बोदे बरसाईनकी उपमेयर रेणु शाह, वडाध्यक्ष रमप्रसाद रामको आतिथ्यता रहेको थियो । कार्यक्रमको अध्यक्षता उपसभापति रामप्रसाद चौधरीले गरेका थिए ।

uae

सम्बन्धित खबर