२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

देउती बज्यै मन्दिरकी महिला पुजारी मृत फेला

Nada
२०८१ कार्तिक २८ गते १३:५९
Shares
देउती बज्यै मन्दिरकी  महिला पुजारी मृत फेला

कर्णाली : सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-११ स्थित गङ्गामाला देउती बज्यै मन्दिरकी एक महिला पुजारी मृत अवस्थामा फेला परेकी छन् । 

ncell

मृत फेला पर्नेमा सोही वडा निवासी रुद्रबहादुर राजीकी श्रीमती अन्दाजी वर्ष ५१ वर्षीया सरस्वती राजी रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए ।

मृतक राजी मन्दिरको मुल ढोकामा झुण्डिएको अवस्थामा आज बिहान ५ बजे फेला परेको प्रहरी उपरीक्षक खड्काले बताए ।

उनले भने, “स्थानीयले सूचना दिएपछि आफै बिहान ५ः३० बजेदेखि घटनास्थलमै पुगेको थिए, घटनाको प्रकृति हेर्दा त्यस्तो कुनै शंकास्पद देखिएको छैन, शव जाँच तथा घटनास्थल मुचुल्का गरेर परीक्षणका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको छ, शव परीक्षण पछि केही खुल्छ ।”

पुजारी मृत अवस्थामा भेटिएपछि आज बिहानैदेखि देउती बज्यै मन्दिर दर्शनको कार्य स्थगित भएको छ । 
 

ताजा खबर

सम्बन्धित खबर