२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

राष्ट्रपति पौडेल र माल्दिभ्सका राष्ट्रपति मैज्जुबीच भेट हुँदै

Nada
२०८१ कार्तिक २७ गते १६:२७
Shares
राष्ट्रपति पौडेल र माल्दिभ्सका राष्ट्रपति मैज्जुबीच भेट हुँदै

बाकु : राष्ट्रपति रामचन्द्र पौडेल र माल्दिभ्सका राष्ट्रपति डा मोहम्मद मैज्जुबीच मंगलबार भेटवार्ता हुँदैछ ।

ncell

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरुको २९औं सम्मेलन (कोप–२९) मा सहभागी हुन आएका दुई देशका राष्ट्राध्यक्ष बीच भेटवार्ता हुन लागेको हो ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का सदस्य राष्ट्र नेपाल र माल्दिभ्सका राष्ट्रपतिबीच हुने भेटवार्तामा जलवायु परिवर्तनको असरबाट दुवै देशले भोग्नुपरेका समस्या र चुनौतीलगायत समसामयिक विषयमा छलफल हुने राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ ।

भेटका अवसरमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी, राष्ट्रपति कार्यालयका सचिव नारायणप्रसाद शर्मा दुवाडी तथा माल्दिभ्सका तर्फबाट विदेशमन्त्री डा अब्दुल्ला खलिल, जलवायु, वातावरण तथा ऊर्जामन्त्री थोरिक इब्राहिम लगायतका उच्च अधिकारी सहभागी हुने कार्यसूची छ ।

ताजा खबर

सम्बन्धित खबर