२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

‘डायलासिस मेसिन’ तत्काल जडान गर्न स्वास्थ्यमन्त्रीको निर्देशन

Nada
२०८१ कार्तिक २४ गते १६:०१
Shares
‘डायलासिस मेसिन’ तत्काल जडान गर्न स्वास्थ्यमन्त्रीको निर्देशन

तनहुँ : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जीपी कोइराला स्वासप्रश्वास उपचार केन्द्रमा ‘डायलासिस मेसिन’ जडान गरी  मिर्गौला उपचार सेवा प्रवाह गर्न निर्देशन दिएका छन् ।

ncell

तनहुँको शुक्लागण्डकी नगरापालिका–५ बेलचौतरास्थित केन्द्रको  आज निरीक्षण गर्दै उनले मेसिन खरिद गर्न मन्त्रालयले प्राथमिकता दिने जानकारी दिए । उनले भने, “मेसिन जडान गरी मिर्गौलाको डायलासिस सेवा प्रवाह गर्नुहोस्, मेसिनका सबै प्रबन्ध मन्त्रालयले गर्नेछ ।” छिमेकी जिल्लावासीले सेवा लिने अस्पतालमा यस सेवा अत्यावश्यक भएकाले तुरुन्तै सेवा प्रवाहलाई प्राथमिकता दिनुपर्नेमा उनको जोड छ । 

उपचार केन्द्रलाई तीन सय शैय्यामा विस्तार गर्न लागि आवश्यक पूर्वाधारको निम्ति पहल भइरहेको र अब छिट्टै टुंगो लाग्ने उनले जानकारी गराए । केन्द्रका निर्देशक डा रामकुमार श्रेष्ठले डायलासिस सेवा प्रवाहका लागि स्थानको निर्माण भइरहेको बताए । उनले भने, “पूर्वाधार तयार भइरहेको छ, छिट्टै उपचार केन्द्रबाट डाइलासिसको सेवा प्रवाह गर्ने तयारी भएको छ, कर्मचारी छनौट गरी तालिममा पठाएका छौं, पूर्वाधारका साथै कर्मचारी समेत तयार गरिरहेका छौं ।”

उपचार केन्द्रबाट छिट्टै डायलासिसको सेवा प्रवाह गर्ने तयारी भएको छ । यस अस्पतालमा डायलासिस सेवा प्रवाह हुन थालेपछि तनहुँका साथै कास्की, स्याङ्जा, नवलपुर, पाल्पा जिल्लावासी लाभान्वित हुनेछन् । 

ताजा खबर

सम्बन्धित खबर