२०८१ मंसिर २७ गते बिहिवार / Dec 12 , 2024 , Thursday
२०८१ मंसिर २७ गते बिहिवार

बेलायतको ‘वर्ल्ड ट्राभल मार्केट’ मा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम

ADV
मध्यान्ह
२०८१ कार्तिक २२ गते २१:१४
बेलायतको ‘वर्ल्ड ट्राभल मार्केट’ मा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम

काठमाडौं÷मस – संयुक्त अधिराज्यमा विश्वकै ठूलो पर्यटन मेला मानिने ‘वर्ल्ड ट्राभल मार्केट’ मार्फत् नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ । नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपालका विभिन्न पर्यटन कम्पनीको सहभागिता रहेको मेलामा नेपालका पर्यटन गन्तव्यबारे विश्वभर प्रचारप्रसार गरिएको हो । 

साहसिक यात्रा, सांस्कृतिक विविधता र दिगो पर्यटनका लागि अग्रणी गन्तव्यको रुपमा नेपालले लन्डनमा आयोजना भएको वर्ल्ड ट्राभल मार्केट (डब्लुटीएम)मा यही कात्तिक २० देखि आफ्नो उपस्थिति जनाउँदै विश्व पर्यटन उद्योगको ध्यान आकर्षित गरेको बोर्डले जनाएको छ । बोर्डकाअनुसार यस वर्षको डब्लुटीएम लन्डन कात्तिक २० देखि २२ सम्मका लागि तय गरिएको छ, जसमा एकसय ८४ देशबाट ४३ हजार सहभागी, तीन हजार आठ सय ७५ प्रदर्शक र ८२ वटा सम्मेलन सत्र आयोजना हुनेछन् । बोर्डले गौरवपूर्वक आफ्नो ४० वर्षको सहभागिता वर्षको उत्सव मनाउँदै विश्व पर्यटन क्षेत्रमा लामो समयदेखिको योगदानलाई निरन्तरता दिइएको जनाएको छ । 

हालै लोन्ली प्लानेटद्वारा सन् २०२४ का लागि ‘बेस्ट इन ट्राभल’ गन्तव्यका रुपमा घोषित भएपछि यस वर्ष डब्लुटीएममा नेपालको उपस्थिति थप महत्वपूर्ण बनेको बोर्डले जनाएको छ । यसले विश्वभरका यात्रु र पर्यटन व्यवसायीसामु नेपालका सम्पदालाई प्रस्तुत गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको बोर्डले उल्लेख गरेको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले वल्ड ट्राभल मार्केटमा सहभागिताले नेपाललाई उच्च सम्भावनायुक्त बजारसँग प्रत्यक्ष संलग्न हुन सघाउ पुग्ने र यसले शीर्ष अन्तर्राष्ट्रिय गन्तव्यको साथ नेपाललाई रहने विश्वास व्यक्त गरे । 

उनले भने, ‘यसले नयाँ व्यावसायिक अवसर विकास गर्दै हाम्रो समृद्ध संस्कृति, अनुपम प्राकृतिक दृश्य र पर्यावरणमैत्री पर्यटनमा रुची राख्ने यात्रुसँग सम्बन्ध स्थापित गर्ने अनौठो अवसर प्रदान गर्दछ ।’ सिइयो जोशीले नेपाललाई ‘बेस्ट इन ट्राभल’ गन्तव्यका रुपमा सम्मानित गरेकामा लोनली प्लानेटलाई धन्यवाद दिए । ‘लोनली प्लानेटको यो मान्यताले नेपालको पर्यटन सेवालाई थप विश्वसनीयता प्रदान गर्दै प्रतिस्पर्धी गन्तव्यबाट यसलाई अलग बनाउँछ । यस मान्यताले उत्कृष्ट गन्तव्यका रुपमा हाम्रो स्थितिलाई थप मजबुत बनाउँछ र गहिरो तथा दिगो यात्रा अनुभव खोज्ने आगन्तुकलाई आकर्षित गर्ने हाम्रो लक्ष्यसँग पूर्णरुपमा मेल गराउँछ’, सिइयो जोशीले भने ।

ADVADV

सम्बन्धित खबर

Advertise