२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

रेडक्रस शाखा बाँकेले मनायो ५७औं स्थापना दिवस 

Nada
पवन जायसवाल
२०८१ असार ३ गते १६:२९
Shares
रेडक्रस शाखा बाँकेले मनायो ५७औं स्थापना दिवस 

नेपालगञ्ज : नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले ५७ औं स्थापना दिवस मनाएको छ । शाखाले वृक्षारोपण कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो । वि.सं.२०२४ असार ३ गते नेपाल रेडक्रस सोसाइटी बाँके शाखा स्थापना भएको थियो ।

ncell

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको परिसरमा शाखाका पदाधिकारी तथा सदस्यहरुले संयुक्त रुपमा शितलचिनीको विरुवा रोपेका छन् ।  हरित अभियन्ता हेमन्तराज काफलेले शितलचिनीको विरुवा उपलब्ध गराएका थिए । 

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंहले संस्थापकहरुलाई स्मरण गर्दै मानवीय सेवा अझै व्यापक हुने विश्वास व्यक्त गरे  । 

कार्यक्रममा जिल्ला शाखाका उप–सभापतिद्वय शान्ति श्रेष्ठ, सुरेन्द्रनाथ सापकोटा, कोषाध्यक्ष राकेश कुमार श्रीवास्तव, उपमन्त्री तेज बहादुर सुवेदी, उप–कोषाध्यक्ष दुखीराम लोनिया, जिल्ला सदस्य खगेश्वरी भण्डारी, सीता शर्मा पोखरेल, राजकुमार वर्मा, सनतकुमार रेग्मी, यम नारायण महतो मीन बहादुर मल्ल, गुलाब सिंह ठाकुर, उपशाखा बाँके बगियाका सभापति बिष्णु प्रसाद सुवेदी, कचनापुर उपशाखाका यम बहादुर रावत, धन सिंह ओली, रक्तदान अभियन्ता पवन जायसवाल, निरञ्जना मल्लको सहभाहिता थियो । 

त्यसैगरी कार्यक्रममा प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, सोम प्रकाश सापकोटा, होमराज गिरी, झविलाल शर्मा, रुपन ज्ञवाली, सुवाश निरौला, हरित अभियन्ता हेमन्तराज काफले, प्रहलाद विश्वकर्मा, रबिन्द्र कुमार मिश्र, पूनम थापा, वीरेन्द्र योगी, शिवराज जोशी, प्रभुदयाल गोडियालगायत पनि उपस्थित थिए ।
 

ताजा खबर

सम्बन्धित खबर