२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

'घुम्न जाउँ जलजला पदयात्रा'मा लुम्बिनीका सभामुख र मन्त्री सहभागी भएनन्

Nada
सुर्य प्रकाश बुढा मगर
२०८१ कार्तिक १३ गते १३:२८
Shares
'घुम्न जाउँ जलजला पदयात्रा'मा लुम्बिनीका सभामुख र मन्त्री सहभागी भएनन्

रोल्पा : सोमबारदेखि रोल्पाको लिबाङदेखि पर्यटकीय र धार्मिकस्थल जलजलासम्मको पदयात्रा 'घुम्न जाउँ जलजला पदयात्रा २०८१' शुरु भएको छ ।

ncell

पर्यटन प्रवर्द्धन तथा गेमी होमस्टे सुनछहरी गाउँपालिका-७ जेलबाङ र थबाङ सामुदायिक होमस्टे थबाङ गाउँपालिका-२ थबाङ रोल्पाको व्यवस्थापन तथा आयोजनामा घुम्न जाउँ जलजला पदयात्रा २०८१ कात्तिक १२ देखि १४ सम्म तय गरिएको हो ।

तीनदिने पदयात्रा थालिएको आयोजक संस्था जेलबाङस्थित पर्यटन प्रवर्द्धन तथा गेमी होमस्टेका अध्यक्ष बाल्कुराम पुनले जानकारी दिए । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर र लुम्बिनी प्रदेश सरकारका उद्योग,पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने सहभागी नभएको बताइएको छ।

'हामीले सभामुख र पर्यटन मन्त्रीलाई घुम्न जाउँ जलजला पदयात्रामा आमन्त्रित गरेका थियौं, तर बर्दियामा घुम्न जाउँ कार्यक्रम भएकाले उहाँहरु त्यो कार्यक्रममा जानुभयो,' पुनले भने, 'कार्यक्रम जुधेकाले उहाँहरु रोल्पाको जलजला आउनु भएन ।' जलजलामा पर्यटन प्रवर्द्धन गर्नका लागि पद यात्रा शुरु गरिएको हो ।

uae

सम्बन्धित खबर