२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

महिला जनशक्ति विकास केन्द्रद्वारा शैक्षिक सामग्री वितरण

Nada
घुरन यादव
२०८१ कार्तिक १२ गते ११:४१
Shares
महिला जनशक्ति विकास केन्द्रद्वारा शैक्षिक सामग्री वितरण

सप्तरी : महिला जनशक्ति विकास केन्द्र सुरुङ्गाले विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं. ४ कदमाहामा रहेको महिला जनशक्ति विकास केन्द्रले सुरुङ्गा नगरपालिका वडा नं.९ मा रहेको जनता आधारभूत विद्यालय परमाणपुरमा अध्ययनरत ३ सय जना विद्यार्थीलाई कापी र कलम वितरण गरेको हो ।

ncell

महिला जनशक्ति विकास केन्द्रले उक्त विद्यालयलाई सरसफाइ सामग्री समेत वितरण गरेको छ । विद्यालयलाई कुचो, हार्पिक, ब्रस, फिनेल, मग, डस्टबिन, बाल्टिन, साबुनलगायतका सामग्री हस्तान्तरण गरिएको केन्द्रकी अध्यक्ष पुनम यादवले जानकारी दिइन् । केन्द्रले सरसफाइ सामान हस्तान्तरण गर्ने क्रममा विद्यालय वरिपरि सरसफाइ समेत गरेको थियो ।

सो क्रममा महिला जनशक्ति विकास केन्द्रले दिपावली तथा छ्ठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम समेत गरेको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष  हरिदेव चौधरीको अध्यक्षता तथा जनमत पार्टीका  कार्यकारिणी समिति सदस्य ममता झाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा थारु जनमत महिला संघकी प्रदेश अध्यक्ष मञ्जु चौधरी र थारु जनमत महिला संघकी जिल्ला अध्यक्ष रेखा मण्डल, अतिथिको रुपमा केन्द्रकी उपाध्यक्ष चन्द्रीका राम, सचिव रुवि राम, कोषाध्यक्ष सञ्जु महरा, वडा अध्यक्ष सन्त कुमार यादव, पूर्वप्रअ श्याम सुन्दर यादव, वर्तमान प्रअ जीवन कुमार चौधरी, शिक्षिकाहरु लक्ष्मी चौधरी, प्रमिला चौधरीलगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रममा स्वागत मन्तव्य शिक्षक इन्द्रनारायण चौधरीले राखेका थिए भने कार्यक्रम सञ्चालन शिक्षक विश्वनाथ यादवले गरेका थिए ।

uae

सम्बन्धित खबर