२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

बर्दियाका सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धिका लागि कार्यशाला

Nada
सन्तोष पौडेल
२०८१ कार्तिक १० गते २०:२९
Shares
बर्दियाका सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धिका लागि कार्यशाला

बर्दिया : बर्दियाका सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धिका लागि कार्यशालाको आयोजना गरिएको छ ।

ncell

नेपाल पत्रकार बर्दिया शाखाको समन्वयमा युरोपियन युनियन र द फिचर किचेनको आर्थिक सहयोग तथा द्वन्द्व पीडित समिति बर्दियाको आयोजनामा कार्यशालाको आयोजना गरिएको हो ।

संक्रमणकालीन न्याय र महिला, शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद प्रस्ताव नं. १३२५ र १८२० सम्बन्धी दोश्रो राष्ट्रिय कार्ययोजना सम्बन्धमा जानकारी दिने उद्देश्यले कार्यशालाको आयोजना गरिएको हो ।

कार्यशालामा नेपालमा शान्ति प्रकृया र सङ्क्रमणकालीन न्याय, संक्रमणकालीन न्यायको उद्देश्य, सोच, चरित्र, मापदण्ड तथा उपायहरू, अवस्था, सत्यको अधिकार, सत्यको खोजी, महत्व, सत्यको अधिकार तथा अन्य अधिकार, सत्य आयोग, सत्य आयोगका लक्ष्यहरू, विशेषता, अदालत र सत्य आयोग बिचको फरक, राहत तथा परिपूरण, परिपूरणकौ छनोट, संस्थागत सुधार एवम् महिला, शान्ति र सुरक्षा सँग सम्बन्धी संयुक्त राष्ट्रसंघ, सुरक्षा परिषद्को प्रस्ताव नं. १३२५ र १८२० को कार्यान्वयन सम्बन्धी दोश्रो राष्ट्रिय कार्ययोजनाको पृष्ठभूमी, लक्षित समूह, प्राथमिकताका क्षेत्रहरू, कार्य कार्ययोजना कार्यान्वयका लागि संरचनागत तथा संस्थागत व्यवस्था, कार्यान्वयन प्रकृया, कार्यको प्रगति विवरण, अनुगमन तथा मूल्यांकनसम्बन्धी व्यवस्था लगायतका विषयमा सहजिकरण गरिएको थियो ।

कार्यशालाको सहजीकरण द्वन्द्व पीडित समिति बर्दियाका अध्यक्ष भागिराम चौधरी र द स्टोरी किचेनकी कार्यक्रम संयोजक मिना वि.क.ले गरेका थिए । कार्यशालामा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको प्रस्ताव नं. १३२५ र १८२० को कार्यान्वयनका चरणमा तथा तथ्यांक संकलन एवम् आवश्यकता पहिचान पछि ठाकुरबाबा नगरपालिकाले गरेका गतिविधि र उपलब्धीका बारेमा नगर उपप्रमुख विना भट्टराईले जानकारी गराएकी थिइन् ।

बर्दियाको मधुवन नगरपालिका वडा नं. १ पथ्थरबोझी स्थित एक होटलमा आयोजित कार्यशालामा जिल्लाका ४० बढी सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

uae

सम्बन्धित खबर