२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

आदिवासी जनजाति युवा महासंघ यूएईद्वारा शैक्षिक सामग्री हस्तान्तरण 

Nada
पूर्ण तामाङ
२०८१ कार्तिक ६ गते १०:२०
Shares
आदिवासी जनजाति युवा महासंघ यूएईद्वारा शैक्षिक सामग्री हस्तान्तरण 

यूएई : "शिक्षित परिवार, देश विकासको आधार" भन्ने नाराका साथ आदिवासी जनजाति युवा महासंघ नेपाल शाखा यूएईले चितवनको खैरहनी नगरपालिका-३ गोठश्वरस्थित श्री चण्डी राष्ट्रिय आधारभूत विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । महासंघले गत कात्तिक ४ गते विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण गरेको हो ।

ncell

उक्त कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुकमाया लामाले गरेकी थिइन् भने प्रमुख अतिथिका रुपमा वडा अध्यक्ष पूर्ण गुरुङको उपस्थिति थियो । सो अवसरमा वडा सदस्यहरू, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, गोठश्वर युथका सदस्यहरू, महासंघका सल्लाहकार डी.बी. लुङ्गेली मगर, विष्णु गुरुङ, कार्यकारी अध्यक्ष गोपाल श्रेष्ठ, महासचिव सबिन मोक्तान, जनसम्पर्क सचिव मकर मोक्तानलगायतको उपस्थिति रहेको थियो ।

विद्यार्थीहरूको शैक्षिक भविष्यमा सहयोग पुर्‍याउने उद्देश्यले गरिएको उक्त कार्यक्रममा शिक्षक–शिक्षिका र अभिभावकहरूको समेत सहभागिता रहेको थियो । आयोजकले यस कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।

महासंघले कात्तिक ७ गते बुधबार सिन्धुपाल्चोकको लिसन्खु पाखर–४ स्थित श्री रमा माध्यमिक विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको जनाएको छ ।

uae

सम्बन्धित खबर