२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

रौतहटको दुर्गा भगवतीमा एकै रात ४ घरमा चोरी

Nada
सत्येन्द्र प्रताप सिंह
२०८१ असार २ गते १५:१४
Shares
रौतहटको दुर्गा भगवतीमा एकै रात ४ घरमा चोरी

रौतहट : रौतहटको दुर्गा भगवती गाउँपालिकामा एकै रात चार घरमा चोरी भएको छ । शनिबार राति अज्ञात समूहले घरका भित्तामा प्वाल बनाएर चार घरबाट करिब ५ लाख रुपैयाँ बराबरको सर-सामान चोरी गरेको हो ।

ncell

दुर्गा भगवती गाउँपालिका वडा नं ५ बडहर्वाका बच्चा सिंहको घरबाट कपडा तथा भाँडाकुडा गरी ३५ हजार, बिनोद सिंहको घरबाट लत्ताकपडा, सुनको औँठी, मंगलसुत्र गरी ८० हजार, किशोर कुमार सिंह भन्ने भगत सिंहको घरबाट चाँदीको पायल, सुनको कानको टप, नथुनी गरी ७० हजार र रामप्रकाश सहनीको घरबाट लत्ताकपडा तथा नगद गरी ६० हजार रुपैयाँ बराबर चोरी भएको बडहर्वा प्रहरीले जनाएको छ ।

चोरीको घटनाबारे थप अनुसन्धान भइरहेको र घटनामा संलग्नहरुलाई पक्राउ गरी कानूनअनुसार कारबाही गरिने प्रहरीले बताएको छ ।

ताजा खबर

सम्बन्धित खबर