२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

विद्यार्थीलाई योग प्रशिक्षण दिँदै गौरीशंकर

Nada
सूर्यप्रसाद भुसाल
२०८१ असार २ गते १४:५४
Shares
विद्यार्थीलाई योग प्रशिक्षण दिँदै गौरीशंकर

अर्घाखाँची : अर्घाखाँचीको गौरीशंकर बोर्डिङ स्कुलले विद्यार्थीहरुलाई १ हप्ते योग शिक्षा दिन शुरु गरेको छ । पाठ्यक्रमअनुसारको किताबी ज्ञान सँगसँगै स्वस्थ जीवनका लागि विद्यार्थीसहित अभिभावकहरुलाई  योग प्रशिक्षण दिन शुरु गरिएको स्कुलले जनाएको छ ।

ncell

यसका लागि स्कुलले बिहान ४ बजेदेखि ७ बजेसम्म स्कुलको मैदानमा योगअभ्यास गराउन शुरु गरेको हो । आइतबारबाट शुरु भएको सो योग शिविरमा विद्यार्थी र केही अभिभावक गरी झण्डै ३ सय जना प्रशिक्षणमा सहभागी भएको विद्यालयका प्रिन्सिपल गणेश क्षेत्रीले जानकारी दिए । विद्यार्थीहरूको शैक्षिक, मानसिक, शारीरिक, आध्यात्मिक तथा समग्र व्यक्तित्व विकासका लागि योग प्रशिक्षणको आयोजना गरिएको उनले बताए ।

पतञ्जली योग समिति अर्घाखाँचीको प्राविधिक सहयोगमा स्कुलले शिविर आयोजना गरेको हो । शिविर शुभाराम्भ कार्यक्रममा स्कुलका प्रिन्सिपल क्षेत्रीको अध्यक्षता, पतञ्जली योग समितिकी केन्द्रीय सदस्य शान्ता खत्रीको प्रमुख आतिथ्यता रहेको थियो । पतञ्जली योग समितिका जिल्ला अध्यक्ष प्रेमनारायण पोख्रेल, उपाध्यक्ष मनिराम अर्याल, माहासचिव जनक बस्याल, युवा प्रभारी लक्ष्मण पराजुली, उपाध्यक्ष पुष्पा न्यौपाने, संगठन सचिव पार्वता श्रेष्ठ, नगर प्रभारी अनन्तमणि पोख्रेल, योगशिक्षक विमला भुसाल, श्याम श्रेष्ठले योग तालिम दिनेछन् ।

ताजा खबर

सम्बन्धित खबर