२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

हुम्लामा जिप दुर्घटना, दुई जनाको मृत्यु

Nada
ओबराज शाही
२०८१ असोज १९ गते १७:४०
Shares
हुम्लामा जिप दुर्घटना, दुई जनाको मृत्यु

हुम्ला : हुम्लाको ताँजकोट गाउँपालिका वडा नं. ४ काे पुइमा खाेलानजिकै जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लु १ ज २३४३ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

ncell

हुम्लाकाे खार्पुनाथ गाउँपालिकाे खार्पु खण्डबाट नेपालगञ्ज जाँदै गरेको जिप शनिबार दिउँसो दुर्घटना हुँदा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० घर भएकी ४९ वर्षीया विष्णु परियार र अन्दाजी सात वर्षका अभिषेक बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

गियरबक्स बिग्रिएर जिप रोकिराखेको अवस्थामा व्याक भइ तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ । मृतक परियार दशैं मनाउनका लागि सदरमुकाम सिमकोटबाट घर गएकी हुन् । जहाजको टिकट नपाउँदा सरदमुकाममा विभिन्न व्यवसाय गर्दै आएका अधिकांश जिल्ला बाहिरका नागरिक गाडीमार्फत दशैं मनाउन आफ्नो घरतर्फ लागेका छन् ।

सम्बन्धित खबर