२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

बलान बिहुल वडा नं. ३ को कार्यालय भवन उद्घाटन 

Nada
घुरन यादव
२०८१ असोज १८ गते २१:३९
Shares
बलान बिहुल वडा नं. ३ को कार्यालय भवन उद्घाटन 

सप्तरी : सप्तरीको बलान बिहुल गाउँपालिका वडा नं. ३ को कार्यालय भवन उद्घाटन गरिएको छ ।

ncell

लामो समयदेखि भाँडाको घरमा सञ्चालन भइरहेको यस वडाको नवनिर्मित भवन शुक्रबार एक कार्यक्रमबीच बलान बिहुल गाउँपालिका वडा नं. ३ मौवाहामा उद्घाटन गरिएको हो । 

राष्ट्रिय योजना आयोगको ४० लाख र बलान बिहुल गाउँपालिकाको २६ लाख गरी ६६ लाखको लगानीमा वडा कार्यालय निर्माण सम्पन्न भइ उद्घाटन भएसँगै कार्यालय सञ्चालनमा आएको छ ।  

बलान बिहुल गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष राजकिशोर यादब(बब्लु)को अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका प्रमुख खेमचन्द्र यादवको प्रमुख आतिथ्यता रहेको थियो । 

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा गाउँपालिका उपप्रमुख रेणु यादव, त्यसैगरी अतिथिको रुपमा वडा नं. ३ का वडाध्यक्ष राम कुमार यादव, कार्यपालिका सदस्यहरु सन्तोष कुमार साह, संजिव शर्मा, वडा सदस्यहरु अमलादेवी यादव, राम बचन मण्डल, राजलाल साह, सशस्त्र प्रहरी निरीक्षक सनत कुमार राई, नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक संजय झा, नगर प्रहरी प्रमुख पशुपति यादव, असइ सन्तोष कुमार यादव, इन्जिनियर दिनेश कुमार यादव, जसपाका नेता हरी राम, युवा नेता घनश्याम मण्डल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन वडा कार्यालयका कर्मचारी धिरज झाले गरेका थिए । 

uae

सम्बन्धित खबर