२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

शारदीय काव्य उत्सव सम्पन्न

Nada
२०८१ असोज १८ गते २१:३२
Shares
शारदीय काव्य उत्सव सम्पन्न

काठमाडौं : कौसला लामिछानेको गजल संग्रह मनोभाव सार्वजनिकीकरण तथा  सम्मान कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष आर.एम. डंगोलको अध्यक्षतामा भएको कार्यक्रममा प्रा.डा. जगमान गुरुङको प्रमुख आतिथ्यता रहेको थियो । 

ncell

कार्यक्रममा वरिष्ठ साहित्यकार भागिरथी श्रेष्ठ र कौशला स्मृति कोषका अध्यक्ष श्रीहरी फुयाँलका साथै टानका अध्यक्ष पर्यटन व्यवसायी सागर पाण्डेको विशिष्ट आतिथ्यता रहेको थियो । 

काठमाडौंको सिनामंगलस्थित एपेक्स बिजनेस होटलमा भएको उक्त कार्यक्रमा  २५ जना अतिथि  कविहरुले आफ्नो सिर्जना वाचन गरेका थिए ।  कार्यक्रममा पूर्व झापादेखि  पश्चिम दार्चुला र तराईको सर्लाहीदेखि उत्तर सोलुखुम्बुका साथै देशका विभिन्न जिल्लाबाट कविहरुलाई आमन्त्रण गरिएको  थियो ।

अत्यन्तै  रोचक  बनेको कार्यक्रमको सञ्चालन संस्थाको सचिव लक्ष्मी रुम्वाले गरेकी थिइन् । संस्थाका महासचिव  राजेन्द्र घिमिरे सागरले स्वागत  मन्तव्य र उपाध्यक्ष राजेन्द्रमान डंगोलले धन्यवाद  ज्ञापन मन्तब्य राखेका थिए ।

सो अवसरमा नवनिर्वाचित टानका अध्यक्ष सागर पाण्डेलाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा हरिकृष्ण धिताल, गणेशबाबु अधिकारी, कल्पना भुषाल, पवन मिश्र, छबिरमण सिल्वाल, राजेन्द्रप्रसाद भट्ट, रेणु अधिकारी मौनता, सुशिला पौडेल, सुनिल अधिकारी, निलन्जना भारद्वाज लगायत २५ जना सर्जकले सृजना वाचन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.जगमान गुरुङले दशैंको सामाजिक,धार्मिक,आर्थिक विषयमा प्रस्टाएका थिए ।

सम्बन्धित खबर