२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

सुर्खेतमा माटो खन्ने क्रममा ढुंगाले च्यापिएर महिलाको मृत्यु

Nada
२०८१ असोज १७ गते १४:१६
Shares
सुर्खेतमा माटो खन्ने क्रममा ढुंगाले च्यापिएर महिलाको मृत्यु

सुर्खेत : सुर्खेतमा माटो खन्ने क्रममा माथिबाट खसेको ढुंगाले च्यापेर महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुर्भाकोट नगरपालिका–६ बस्ने ३८ वर्षीया ज्योती वली रहेकी छन् ।

ncell

आज (बिहीवार) बिहान गुर्भाकोट नगरपालिका–७ सानोठकेनीमा दशैंको सजावटका लागि खोलाको छेउमा माटो खन्ने क्रममा माथिबाट खसेकाे ढुंगाले च्यापेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए ।

उनका अनुसार हाल इलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षक पदम खड्काको नेतृत्वमा ७ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको छ। प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको बताएको छ ।
 

सम्बन्धित खबर