२०८२ कार्तिक १७ गते सोमवार / Nov 03 , 2025 , Monday
२०८२ कार्तिक १७ गते सोमवार
Ads

ज्येष्ठ नागरिक लक्षित स्वास्थ्य शिविरमा ८० भन्दा बढी लाभान्वित

shivam cement
२०८१ असोज १६ गते २२:४८
ज्येष्ठ नागरिक लक्षित स्वास्थ्य शिविरमा ८० भन्दा बढी लाभान्वित

काठमाडौं : समाजसेवी कल्याणी रिजालले ज्येष्ठ नागरिकहरूले सहज जीवनयापन गर्न हरेक घरपरिवारले स्वास्थ्योपचारमा समेत विशेष ख्याल पुर्‍याउनुपर्नेमा जोड दिएकी छन् । ३४ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०२४ को अवसरपारी जीवनरेखा समाज ललितपुर तथा भेनस अस्पताल मध्ये बानेश्वरले मंगलबार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा रिजालले उक्त धारणा राखेकी हुन् । 

पुरानो बानेश्वरस्थित सायम कलेजको आयोजनामा भएको उक्त शिविरमा ज्येष्ठ नागरिकहरूलाई लक्षित गर्दै आँखा, दाँत र सामान्य स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा ८० भन्दा बढी स्थानीय ज्येष्ठ नागरिक लाभान्वित भएका छन् ।

सो अवसरमा ज्येष्ठ नागरिक तथा सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याउने ८ जनालाई विशेष सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा प्रा.डा. अच्युत राजभण्डारी, ज्येष्ठ नागरिक विशेषज्ञ डा. अनन्त अर्याल, कलाकार एवं राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका निर्वतमान अध्यक्ष मदनदास श्रेष्ठ, समाजसेवी विश्व उलक, समाजसेवी मोतिशान्ति शाक्य, समाजसेवी बसन्त श्रेष्ठ, समाजसेवी सकुल बस्नेत र पत्रकार तथा जापानी सूचना केन्द्र, नेपालका संस्थापक÷अध्यक्ष मदनकृष्ण सिलवाल रहेका छन् । 

No description available.

कार्यक्रममा नेवाः गुठी केन्द्रीय उपाध्यक्ष सुरेश सैजु, लायन्स क्लब अफ काठमाडौं  विशालबजारका अध्यक्ष दिपक सापकोटा, सेव द वल्र्डका संस्थापक अध्यक्ष शिव श्रेष्ठको उपस्थिति रहेको थियो ।

जीवनरेखा समाज ललितपुरका अध्यक्ष समीर जोशीको सभापतित्व सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सदीक्षा कार्कीले गरेकी थिइन् । त्यस्तै, लाइफलाइन हेल्थ होमकेयरका निर्देशक प्रज्ञाराज शाक्यद्वारा स्वागत मन्तव्य राखेका थिए । 

ज्येष्ठ नागरिक र स्वास्थ्यका सन्दर्भमा सम्मानित व्यक्तित्व प्रा.डा. अच्युत राजभण्डारी, डा. अनन्तराज अर्याल, विश्व उलक, मोतिशान्ति शाक्य, भेनस अस्पतालका प्रबन्ध निर्देशक मनिषा ढकालले आ–आफ्नो धारणा व्यक्त गरेका थिए । 

ADV

ताजा खबर

सम्बन्धित खबर