२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

भिजन एण्ड भ्यालुमा रक्तदान

Nada
२०८१ असोज १४ गते ०९:०८
Shares
भिजन एण्ड भ्यालुमा रक्तदान

काठमाडौं : वैदेशिक रोजगार क्षेत्रको अग्रणी संस्था भिजन एण्ड भ्यालु ओभरसिज प्रा.लि.को आयोजनामा साेमबार रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

ncell

राजधानीका अस्पतालहरुमा रगतको अभाव देखिएकाले त्यसलाई परिपूर्ति गर्न नेपाल रेडक्रस साेसाईटीकाे संयाेजनमा काठमाडौंको बसुन्धारास्थित धापासी मार्गमा रहेको प्रा.लि.को कार्यालय परिसरमा रक्तदान कार्यक्रम राखिएको उक्त प्रा.लि.का सञ्चालक पदम पौडेलले मध्यान्हलाई जानकारी दिए । रक्तदान कार्यक्रम बिहान ९ बजेदेखि दिउँसव १ बजेसम्म चल्ने पनि उनले जानकारी दिए ।

म्यानपावर  सञ्चालक पौडेलले राजधानीसहित काठमाडौं उपत्यकामा हालै आएको अविरल वर्षा र बाढीपछिका सडक दुर्घटना र अन्य दुर्घटनाका बिरामीलाई सहयोग पुर्‍याउने संस्थाको सामाजिक उत्तरदायित्व जिम्मेवारी अन्तर्गत रक्तदान कार्यक्रम आयाेजना  गरिएको बताए ।  

उक्त प्रा.लि.को आयोजनामा केही बर्षयता रक्तदान कार्यक्रमलाई निरन्तरता दिदै आएको पनि सञ्चालक पाैडेलले जानकारी दिए ।

सम्बन्धित खबर