२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

सरकारबाटै पहल हुँदा पनि सन्दीपले पाएनन् भिसा

Nada
२०८१ जेठ १७ गते १०:१२
Shares
सरकारबाटै पहल हुँदा पनि सन्दीपले पाएनन् भिसा

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेले टी–२० विश्वकप क्रिकेट प्रतियोगिता गुमाउने भएका छन् । अमेरिकाले भिस दिन अस्वीकार गरेपछि उनले विश्वकप गुमाउने निश्चित भएको हो ।

ncell

बिहीबार काठमाडौंस्थित अमेरिकी दूतावासमा सन्दीप भिसाका लागि अन्तर्वार्ता दिन गएका थिए । तर उनलाई दूतावासले यसपटक पनि भिसा दिएन । 

यसअघि पनि टी–२० विश्वकप क्रिकेट खेल्न जानका लागि उनले दिएको आवेदन अमेरिकी दूतावासले अस्वीकार गरेको थियो । अमेरिकी दूतावासले नै फेरि उनलाई बिहीबार अन्तरवार्तामा बोलाएको थियो । सरकारले पनि कुटनीतिक नोट पठाउँदै अमेरिकासँग भिसाका लागि आग्रह गरेको थियो ।

नेपाल क्रिकेट संघ (क्यान)ले सरकारी तवरबाट आवश्यक सबै पहल हुँदा समेत अमेरिकाले क्रिकेटर सन्दीपलाई भिसा नदिएको बताएको छ । क्यानका सचिव पारस खड्काले बिहीबार एक विज्ञप्ति जारी गर्दै संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा सञ्चालन हुन लागेको आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिताका लागि अमेरिकी दूतावासले सन्दीपलाई भिसा नदिएको औपचारिक जानकारी गराएका हुन् । 

सन्दीपको भ्रमणका निम्ति कूटनीतिक नोटसहित नेपाल सरकार, परराष्ट्र मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, नेपाल क्रिकेट संघका साथै आईसीसीबाट आवश्यक पहल भएको अवस्था हुँदा समेत अमेरिकी दूतावासले विश्वकप खेल्नका लागि सन्दीपलाई भिसा नदिएको विज्ञप्तिमा उल्लेख छ ।  

जेठ २ गते उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएपछि क्यानले सन्दीपको निलम्बन फुकुवा गर्दै उनलाई विश्वकप खेल्न अमेरिका पठाउने निर्णय गरेको थियो ।

जुन २ तारिकदेखि अमेरिका र वेस्ट इन्डिजमा टी–२० विश्वकप आयोजना हुँदैछ । नेपालले जुन ४ तारिकमा नेदरल्याण्ड्सविरुद्ध खेल्दै विश्वकपको शुरुवात गर्नेछ । विश्वकपका लागि नेपाली टोली यसअघि नै अमेरिका गइसकेको छ ।

ताजा खबर

सम्बन्धित खबर