२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

डुबानसँगै ग्रामीण सडक अवरुद्ध, उदयपुर र खोटाङ जोड्ने पक्की पुल बगायो

Nada
बिन्द्र राई
२०८१ असोज १२ गते २२:१४
Shares
डुबानसँगै ग्रामीण सडक अवरुद्ध, उदयपुर र खोटाङ जोड्ने पक्की पुल बगायो

उदयपुर : लगातार वर्षातले उदयपुर र खोटाङ जोड्ने फोक्सिङटारस्थित सुनकोशी नदीको पक्की पुल बाढीले बगाएको छ ।  

ncell

कोशीमा आएको बाढीले शनिबार पुल बगाएको  जिल्ला सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद रेग्मीले जानकारी दिए । 

खोटागको खोटेहाग गाउँपालिका – ९ लिकचिराम्चे र उदयपुरको रौतामाई गाउँपालिका – ५ फोक्सीटारमा रहेको पुल बाढिले पूर्णरुपले बगाएको रेग्मीले जानकारी दिए  । सुनकोशीमा बाढी अधिकतम मात्रामा बढेपछि  शनिबार पुल बगाएको छ । उनले भने, ‘पुलको दुई पट्टिको पिल्लर बाँकी रहेका छन् । बीचको सम्र्पूण भाग बगाएको हो ।’  करिव १३ वर्षमा बनेको पुल झण्डै १८ महिना यता सञ्चालनमा आएको थियो । पुल आर्क डिजाइनको थियो ।  

बाढी पहिरोले उदयपुरको ग्रामीण क्षेत्र ताप्ली, उदयपुरगढी,लिम्चबुड लगायत गाउँपालिकाका सडक अवरुद्ध रहेको गाउँपालिका प्रमखहरुले जानकारी दिएका छन् । बाढीले कटारी,गाईघाट लगायत ठाउँहरुमा डुवान हुनुका साथै खतरा बढेको छ । 

बेलका नगरपालिकाको ८,९,३,२ वडाहरुका रामनगर,नारायणनगर  आसपास बस्ती डुवानसँगै  उद्धार कार्य जारी रहेको तथा १४ सय घरपरिवारका १३ हजार प्रभावित हुनुका साथै उच्च  जोखिममा  रहेको बेलका नगर प्रमुख अशोक कार्कीले जानकारी दिए ।

यसैबीच उदयपुरमा बाढीले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । बाढीले  उदयपुरको रौतामाई गाउँपालिका १ माझखर्ककी अन्दाजी १६ वर्षीया हिसिला तामाङ मृत्यु भएको हो । गाउँ नजिकैको ओडारे खोलाले बगाएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

सम्बन्धित खबर