२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

बोदे बरसाइनमा सडक निर्माणमा अनियमितता

Nada
घुरन यादव
२०८१ असोज १२ गते २२:१२
Shares
बोदे बरसाइनमा सडक निर्माणमा अनियमितता

सप्तरी : सप्तरीको बोदे बरसाइन नगरपालिका वडा नम्बर–९ मा देउरीमा सडक निर्माण योजनामा भएको अनियमितताका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी कार्यालयले छानविन शुरु गरेको छ ।

ncell

आर्थिक वर्ष २०७७/७८ मा  बोदे बरसाइन नगरपालिका वडा नम्बर –९ मा  देउरीको जनकल्याण प्रा.वि. – लबटोलिया – वडा कार्यालय हुँदै सिमरहा डिहबार थान सम्मको कामै नगरी, फर्जी  उपभोक्ता समिति बनाइ रू. ४१ लाख ८४ हजार २ सय ३५ रुपैयाँ आर्थिक वर्ष सकिएपछि २०७८ पुसमा फर्जी तरिकाले भुक्तानी गरिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । 

स्रोतका अनुसार सडक बोर्डबाट प्राप्त रकममा कामै नगरी अरू निकायले गरेको काम देखाइ भुक्तानी लिएको र फर्जी उपभोक्ता समिति बनाएको विषयमा उजुरी परेपछि आयोगले दर्ता नम्बर सी–००७३७३ कायम गरी अनुसन्धान गरी रहेको छ । 

गत भदौ २८ गते स्थलगत रुपमै अनुगमन गरी मुचुल्का उठाइ छानबिनलाई तिव्रता दिएको अख्तियार स्रोतले बताएको छ ।

सडक बोर्ड नेपालबाट प्राप्त रकम रू. ४४ लाख देउरीको जन कल्याण प्रा.वि.–लबटोलिया – वडा कार्यालय हुँदै सिमरहा डिहबार थानसम्मको  सडक  स्तरोन्नति कार्यका लागि गठित उपभोक्ता समितिका अध्यक्ष राकेश साहले नै आफ्नो नाममा फर्जी उपभोक्ता समिति गठन गरी बोदे बरसाइन नगरपालिकाले अनियमितता गरेको भन्दै जिल्ला प्रशासन कार्यालय सप्तरीमा गएको साउन १७ गते उजुरी दिएका छन् । उजुरी दर्ता नम्बर ७९ कायम भएको छ ।

uae

सम्बन्धित खबर