२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

लामो दुरीमा यातायात सञ्चालन नगर्न प्रशासनको आग्रह

Nada
सुर्य प्रकाश बुढा मगर
२०८१ असोज ११ गते २२:१६
Shares
लामो दुरीमा यातायात सञ्चालन नगर्न प्रशासनको आग्रह

रोल्पा : जिल्ला प्रशासन कार्यालय रोल्पाले लामो दुरीमा यातायात सञ्चालन नगर्न आग्रह गरेको छ । रोल्पामा सञ्चालित यातायात प्रालिहरुलाई असोज ११ र १२ रात्रीकालिन यातायातका सवारी साधनहरु सञ्चालन नगर्न भनी जिल्ला प्रशासन कार्यालय रोल्पाले सूचना जारी गरेको हो ।

ncell

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण काठमाडौंले असोज ११ र १२ गते रात्रीकालिन यातायातका सवारी साधनहरु संचालन नगर्न हुन भनी सूचना जारी गरेको हुँदा रोल्पाबाट छुट्ने लामो दुरीका रात्रीकालिन यातायातका साधनहरु २ दिनसम्म सञ्चालन नगर्न भनेको हो । 

दिवा सेवामा सञ्चालन हुने सवारी साधनहरुले साविकको समय भन्दा अगाडिको समयमा छुट्ने व्यवस्था मिलाउने र त्यस पछिका दिनहरुमा मौसमको अवस्था बुझी पहाडी क्षेत्र पर्ने भू–भाग उज्यालो हुँदै पार गर्ने गरी यातायातका सवारी साधनहरु छुट्ने व्यवस्था मिलाउन निमित्त प्रमुख जिल्ला अधिकारी पदम बहादुर डाँगीले आग्रह गरेका छन् ।

No description available.

uae

सम्बन्धित खबर