२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

घुन्सा दुर्घटनामा ज्यान गुमाउनेहरुको सम्झना

Nada
२०८१ असोज ७ गते १५:४६
Shares
घुन्सा दुर्घटनामा ज्यान गुमाउनेहरुको सम्झना

काठमाडौं : ताप्लेजुङको घुन्सास्थित हेलिकप्टर दुर्घटना भएको १८ वर्ष पूरा भएको छ । उक्त दुर्घटनामा परी ज्यान गुमाएकाहरुको योगदानको स्मरण गर्दै असोज ७ गतेलाई राष्ट्रिय संरक्षण दिवसको रूपमा मनाउने गरिन्छ । 

ncell

विगतका वर्षहरु झैं यो वर्ष पनि राजधानीमा एक कार्यक्रमको आयोजना गरी घुन्सा हेलिकप्टर दुर्घटनाको सम्झनामा जलसम्पदा तथा वातावरण संरक्षण कोष नेपालले दुर्घटनामा परी ज्यान गुमाएकाहरुको फोटोमा माल्यार्पण, दीप प्रज्वलन र एक मिनट मौनधारण गरी  कार्यक्रम सम्पन्न गरेको छ ।

जलसम्पदा तथा वातावरण संरक्षण कोष नेपालका अध्यक्ष पुष्पराज पाण्डेको सभापतित्वमा सम्पन्न माल्यार्पण कार्यक्रममा वरिष्ठ समाजसेवी प्रेमसिंह धामी, सनत कुमार गिरी, शिव खत्री, लक्ष्मण तामाङ, यसुधा पौडेल, शान्ति मगरलगायतको उपस्थिति रहेको थियो ।

जलसम्पदा तथा वातावरण संरक्षण कोष नेपालले काठमाडौंको रामकोटस्थित दुर्घटनामा मृत्यु भएका स्वदेशी तथा विदेशी गरी २४ जनाको अर्धकदको शालिक स्थापना गरेको छ । विसं २०६३ असोज ७ गते भएको हेलिकोप्टर दुर्घटनामा तत्कालीन वन राज्यमन्त्री गोपाल राई, भूगोल तथा योजनाविद् डा. हर्क गुरुङ, संरक्षणविद् डा. तीर्थमान मास्के सहित २४ जना संरक्षणविद्ले ज्यान गुमाएका थिए ।

विश्व वन्यजन्तु कोष नेपालद्वारा आयोजना भएको कञ्चजंगा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रममा भाग लिएर फर्कने क्रममा घुन्सास्थित फले पहाडमा हेलिकप्टर दुर्घटनामा परेको थियो ।

सम्बन्धित खबर