सरु भुसाल/मध्यान्ह
अर्घाखाँची : भूमिकास्थान नगरपालिका वडा नं. १० धन्चौरमा रहेको जनजागृती माध्यमिक विद्यालयले विविध कार्यक्रमसहित ६५ औं वार्षिकोत्सव मनाएको छ । कार्यक्रमको उद्घाटन गर्दै भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापाले विद्यालय सबैको साझा मन्दिर भएकोले विद्यालयको विकासका लागि सबैको साझा दायित्व रहने बताए ।
सम्पूर्ण सरोकारवालाहरुले आफ्नो कर्तव्य र जिम्मेवारी गहन रुपमा वहन गर्नुपर्ने भन्दै नगरप्रमुख थापाले विद्यार्थी,अभिभावक र शिक्षकहरुले नै विधालयका समस्या, गुनासोप्रति जिम्मेवार भइ अगाडि बढ्नुपर्ने बताए ।
कार्यक्रममा नगर उपप्रमुख बालकृष्ण बन्जाडेले शिक्षाको गुणस्तर विकासका लागि शिक्षक अभिभावक विद्यार्थीले विशेष ध्यान दिनुपर्ने भन्दै सबै सरोकारवाला एक भएर अगाडि बढ्नुपर्ने बताए ।
वार्षिक उत्सवको अवसरमा पूर्व शिक्षक, कर्मचारीहरुलाई सम्मान, विभिन्न अतिरिक्त क्रियाकलाप र कक्षागत रुपमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।
विद्यार्थीहरुका विभिन्न साँस्कृतिक प्रस्तुतिसहित भव्य रुपमा सञ्चालन गरिएको कार्यक्रममा विद्यालयको समग्र प्रगति प्रतिवेदन प्रधानाध्यापक पिताम्बर खनाल र आर्थिक प्रतिवेदन कार्यालय सहायक रुद्र भट्टराईले प्रस्तुत गरेका थिए । कार्यक्रममा भू्मिकास्थान नगरपालिका योजना शाखा प्रमुख हरिशचन्द्र भुसाल, कृषि शाखा प्रमुख राम बहादुर थापासहित वडामा रहेका राजनीतिक दल, चन्दादाता, अक्षयकोषदाता, पूर्व विद्यालय व्यवस्थापन समिति, पूर्व शिक्षकहरुको आतिथ्यता रहेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies