काठमाडौं : कृषि सामग्री कम्पनी लिमिटेडको प्रबन्ध सञ्चालकको नियुक्ति सदर भएको छ ।
रिक्त प्रबन्ध सञ्चालक नियुक्तिको लागि गठित सिफारिस समितिको सिफारिसमा कम्पनीको सञ्चालक समितिको मिति २०८०।१०।१८ गतेको निर्णयानुसार बिष्णु प्रसाद पोखरेललाई प्रबन्ध सञ्चालकको पदमा नियुक्त गरिएको थियो ।
सोको विरुद्ध रामचन्द्र ढकालले उच्च अदालत पाटनमा उत्प्रेषणयुक्त परमादेश मुद्दा दायर गरेका थिए । उच्च अदालत पाटनको मिति २०८०।११।०६ गतेको उक्त नियुक्तिको कार्यलाई रोकी यथास्थितिमा राख्ने आदेश दिएको थियो । सोही बमोजिम कम्पनीको सञ्चालक समितिको २०८०।११।०९ गतेको निर्णयानुसार उक्त नियुक्तिको कार्यलाई यथास्थितिमा राखि बिष्णु प्रसाद पोखरेललाई नियुक्ति पूर्वकै पूर्ववत् जिम्मेवारी दिइएकोमा सो निर्णय उपर पनि रामचन्द्र ढकालले अदालतको अबहेलना मुद्दा दायर गरेको थिए । उच्च अदालत पाटनको मिति २०८१।०१।१२ गते उत्प्रेषणयुक्त परमादेश मुद्दामा रिट निवेदन खारेज हुने आदेश गरेको छ ।
अदालतको अवहेलना मुद्दामा निवेदन माग अनुसार विपक्षीहरुलाई अवहेलनामा सजाय गरी पाउँ भन्ने दावी पुग्न सक्दैन भन्ने फैसला भए बमोजिम कम्पनीको सञ्चालक समितिको आइतबारको बैठकबाट बिष्णु प्रसाद पोखरेललाई २०८०।१०।१८ गते प्रबन्ध सञ्चालकको पदमा गरिएको नियुक्तिलाई निरन्तरता दिने निर्णय गरेको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies