काठमाडौं : संघीय संसद्को हिउँदे अधिवेशन पुस ११ गतेलाई बोलाइएको छ । राष्ट्रपति भण्डारीले संघीय संसद्को तेस्रो अधिवेशनको पहिलो बैठक पुस ११ गते अपराह्न ४ बजेका लागि बोलाएकी हुन् । राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी पत्र मंगलबार संसद् सचिवालयमा दर्ता भएको छ । सचिवालयले संसद् बैठक तयारी सुरु गरिसकेको जानकारी दिएको छ । बैठकबारे बुधबार सूचना जारी गर्ने संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए ।
सरकारले ३३९ ऐनलाई संविधानअनुसार परिमार्जन, विस्थापन गर्ने कामलाई सरकारले महत्व नदिएको सचिवालयको दाबी छ । मौजुदा ऐनहरूमध्ये १६५ पूर्ण छन् भने १७४ लाई संविधान अनुकुल हुनेगरी परिमार्जन गर्नुपर्ने अवस्था छ । परिमार्जन गर्नुपर्ने ऐनहरूमध्ये ३६ वटालाई पूरै नयाँ बनाउनुपर्ने संसद सचिवालयले बताएको छ । कानुन बनाउने काम मन्त्रालयहरूले अगाडि बढाएको कानुन न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले जानकारी दिए ।
संसदले केही कानुन तत्काल निर्माण तथा अनुमोदन गर्नुपर्ने अवस्था छ । चिकित्सा शिक्षा अध्यादेश तत्काल पारित गर्नुपर्ने भन्दै डा गोविन्द केसीले पुस १७ गतेदेखि अनसन बस्ने घोषणा गरिसकेका छन् । डा केसीको अनसन सुरु हुनुभन्दा पहिले नै सरकारले संसदको हिउँदे अधिवेशन आह्वान गरेको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies