२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

नेपालगञ्जमा आख्यान लेखन अन्तरक्रिया

Nada
पवन जायसवाल
२०८१ असोज ६ गते २१:३३
Shares
नेपालगञ्जमा आख्यान लेखन अन्तरक्रिया

बाँके : बाँकेको नेपालगञ्जमा साहित्यकारहरुका लागि कल्पना फाउण्डेसन नेपालको आयोजनामा आख्यान लेखन अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम फाउण्डेसनकी अध्यक्ष कल्पना पौडेल जिज्ञासुको अध्यक्षता, वरिष्ठ कथाकार सनत कुमार रेग्मीको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो । 

ncell

फाउण्डेसनका सचिव लेक प्रसाद प्याकुरेद्वारा सञ्चालित कार्यक्रममा विशिष्ठ अतिथि कथाकार तथा भाषा आयोग सदस्य गोपाल अश्क रहेका थिए । उनले आख्यान लेखनको बारेमा चर्चा गरेका थिए । 

कार्यक्रममा विशिष्ठ अतिथि लुम्बिनी प्राविधिक विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा.डा.कृष्णप्रसाद घिमिरे, प्राज्ञ सभा सदस्य शशीराम कार्की, खगेन्द्र गिरि कोपिला, पुष्पमणि प्रधान, भरत रानाबाट, दिलाशाह लगायतले अन्तरक्रियामा आ–आफ्ना विचारका साथै जिज्ञासा राखेका थिए । 

कार्यक्रममा विशिष्ठ अतिथि कथाकार तथा भाषा आयोग सदस्य गोपाल अश्कलाई प्रमुख अतिथि सनत कुमार रेग्मी, कल्पना फाउण्डेसन नेपालकी अध्यक्ष कल्पना पौडेल जिज्ञासुले मायाको चिनो प्रदान गरेकी थिइन् । 

ताजा खबर

सम्बन्धित खबर