काठमाडौं : प्रस्तावित विधान मस्यौदामा शिर्ष तहमा सहमति जुट्न नसकेपछि नेपाली कांग्रेसको महासमिति बैठक स्थगित बनेको छ । विहान नौ बजेबाट नै महासमिति बैठक शुरु गर्ने तालिका भएपनि अझै बैठक अघि बढन सकेको छैन । प्रस्तावित विधान मस्यौदामा नेताहरुबीच विवाद भएकाले बैठक अघि बढन नसकेको हो ।
केन्द्रिय समितिमार्फत मस्यौदालाई अन्तिम रुप दिने प्रयास भैरहेको र त्यसपछि मात्रै महासमिति बैठक अघि बढने नेताहरुले बताएका छन् । सहमति प्रयासका लागि कांग्रेस पदाधिकारीको बैठक भने बसिरहेको छ । लगत्तै केन्द्रिय समिति बैठक राखेर विधान पारित गरी महासमितिमा पेश गर्ने तयारी छ ।
केन्द्रिय समितिमा पनि विवाद कायम रहेमा महासमितिवाटै त्यसलाई अन्तिम रुप दिइने नेताहरुले बताएका छन् । सभापति, उपसभापति २, महामन्त्री ३, सहमहामन्त्री ५ र कोषाध्यक्ष गरी १२ सदस्यीय पदाधिकारी पुर्याउने गरी शीर्ष तहमा छलफल जारी छ ।
८ जना निर्वाचित र ४ जना मनोनित गर्ने गरी मस्यौदा ल्याइएको छ । तर पदाधिकारी सबै निर्वाचनवाट आउनुपर्ने पौडेल पक्षको अडान छ । विधान बाहेक राजनीतिक, सांगठनिक, आर्थिक र लेखा परीक्षण प्रतिवेदनमाथिको छलफल पनि टुंगिन बाँकी छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies