२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

सुनवल नगरपालिकाद्वारा वृद्धवृद्धा तथा विद्यार्थीलाई पोसाक वितरण

Nada
युवराज पुन
२०८१ असोज ३ गते १५:०९
Shares
सुनवल नगरपालिकाद्वारा वृद्धवृद्धा तथा विद्यार्थीलाई पोसाक वितरण

सुनवल : नवलपरासीको सुनवल नगरपालिकाले वृद्धवृद्धा तथा विद्यार्थीहरुलाई पोसाक वितरण गरेको छ । नगरपालिकाले संविधान दिवसको अवसरमा बिहीबार भुमही वृद्धाश्रममा रहेका ५ जना वृद्धवृद्धा तथा लुम्बिनी माध्यमिक विद्यालयमा अध्ययनरत विशेष क्षमता भएका १२ जना विद्यार्थीलाई पोसाक वितरण गरेको हो ।

ncell

सुनवल नगरपालिकाकी प्रमुख विमला अर्यालको अध्यक्षतामा भएको उक्त पोसाक वितरण कार्यक्रममा जिल्ला समन्वय समिति नवलपरासीका अध्यक्ष भगौती यादवको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्याक्रममा डोलराज भण्डारी, थानप्रसाद गैरे, कर्ण बहादुर सेनलगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए ।

No description available.

सम्बन्धित खबर