२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

पूर्णखोप सुनिश्चितता र दिगोपनासम्बन्धी अन्तरक्रिया सम्पन्न

Nada
सूर्यप्रसाद भुसाल
२०८१ जेठ ३० गते २२:१६
Shares
पूर्णखोप सुनिश्चितता र दिगोपनासम्बन्धी अन्तरक्रिया सम्पन्न

सन्धिखर्क : सन्धिखर्क नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा पूर्णखोप सुनिश्चितता र दिगोपना सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।

ncell

‘स्थानीय स्वामित्व र सहभागी, सन्धिखर्क नगरपालिकाको प्रतिबद्धता, हरेक वर्ष पूर्ण खोपको सुनिश्चितता’ भन्ने मुल नाराका साथ कार्यक्रम सम्पन्न भएको हो ।

खोपको क्षेत्रमा शत प्रतिशत आफ्ना इण्डिकेटर पास गरेको स्वास्थ्य शाखाले खोपबाट बचाउन सकिने रोगहरु र पूर्ण खोप, रोगहरु नियन्त्रण, रोगहरुको उन्मुलन खोपबाट बचाउन सकिने रोगहरु र जटिलता लगायतका विषयमा प्रस्तुतीकरण गरिएको थियो ।

सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरउपप्रमुख मिश्रा आचार्य, प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल, अर्घाखाँची अस्पतालका नर्सिङ  अधिकृत सुनिता आचार्य, वडा अध्यक्षहरु कार्यपालिका सदस्यहरु, १२ वटै वडाका स्वास्थ्य केन्द्रका इन्चार्जहरु, पत्रकार महासंघका अध्यक्ष लगायतको उपस्थित रहेको थियो ।

सन्धिखर्क नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पूर्ण प्रसाद पराजुलीले स्वागत तथा प्रस्तुती रहेको  कार्यक्रमको सञ्चालन स्वास्थ निरीक्षक प्रकाश परियारको गरेका थिए । 

uae

सम्बन्धित खबर