२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

काभा महिला भलिबलः पुलिसले श्रीलङ्काको एयर फोर्सलाई हरायो

Nada
२०८१ भदौ ३१ गते १७:११
Shares
काभा महिला भलिबलः पुलिसले श्रीलङ्काको एयर फोर्सलाई हरायो

काठमाडौंः विभागीय टोली नेपाल पुलिस क्लबले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला क्लब च्याम्पियनसिपमा श्रीलङ्का एयर फोर्सलाई पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

ncell

माल्दिभ्सको राजधानी मालेमा आज भएको खेलमा पुलिसले श्रीलङ्का एयर फोर्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै जित हासिल गरेको हो । पुलिसले श्रीलङ्का एयर फोर्समाथि पहिलो सेट २५–१६ ले जित्यो भने खेलको दोस्रो सेट २५–२० ले आफ्नो पक्षमा पार्‍यो । त्यसैगरी, खेलको तेस्रो तथा अन्तिम सेट २५–२१ ले आफ्नो पक्षमा पार्‍यो । यसअघि हिजो भएको पहिलो खेलमा पुलिसले उज्वेकिस्तानको हुमो क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।  

उक्त प्रतियोगिताअन्तर्गत आफ्नो तेस्रो खेलमा पुलिसले भोेलि ताजकिस्तानको भिसी डाइमेडसँग प्रतिस्पर्धा गर्नेछ । गत चैतमा भएको महिला भलिबल लिगमा एभरेस्ट भलिबल क्लबलाई हराउँदै पुलिस च्याम्पियन बनेको थियो । पुलिस लिग विजेताको हैसियतामा काभा महिला क्लब च्याम्पियनसिपमा खेल्न माल्दिभ्स पुगेको हो ।

ताजा खबर

सम्बन्धित खबर