२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

भरूवा बन्दुक बनाउने विभिन्न सामानसहित एक जना पक्राउ

Nada
२०८१ भदौ १९ गते १५:५४
Shares
भरूवा बन्दुक बनाउने विभिन्न सामानसहित एक जना पक्राउ

बाँकेः डुडुवा गाउँपालिका–६ शिख्नपुरूवा बस्ने २४ वर्षीय लक्ष्मण सिंह शिखलाई भरूवा बन्दुक बनाउने विभिन्न सामानसहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ncell

उनको घरमा भरूवा बन्दुक बनाउन प्रयोग हुने सामानहरू रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले घर तलासी गर्दा भरूवा बन्दुकको नाल १ थान, बनाउँदै गरेको भरूवा बन्दुकको चित्र भएको काठ २ थान, भरूवा बन्दुक बनाउन प्रयोग हुने नाल ४ थान, फलामको गज १ थान, छर्रा, बारूद र जंगली जनावरको खोपडीसहितको सिङ १ थान फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

ताजा खबर

सम्बन्धित खबर