२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

सर्लाहीमा नक्कली नोट छाप्न प्रयोग हुने सामानसहित आठ जना पक्राउ

Nada
लक्ष्मण यादव
२०८१ भदौ १७ गते १२:०७
Shares
सर्लाहीमा नक्कली नोट छाप्न प्रयोग हुने सामानसहित आठ जना पक्राउ

सर्लाही : सर्लाहीमा नक्कली नोट छाप्न प्रयोग हुने सामानसहित प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । आइतबार सर्लाहीको गोडैता नगरपालिका वडा नं.१२, मधुवनी टोलस्थित सिंचाइका लागि गाडिएको बोरिङको खाली घरको कोठाभित्र नक्कली नोट छाप्न प्रयोग हुने सामानसहित आठ जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

ncell

पक्राउ पर्नेमा काठमाडौंको चन्द्रगिरि-१५ का २६ वर्षीय सौगात थापा मगर, ४७ वर्षीय विजय लामा, सर्लाहीको गोडैता नगरपालिका-१२ का ३२ वर्षीय जनार्धन सिंह, भारतको सितामढी थाना बैरगनीया ग्राम पञ्चायत पंटकीका ४९ वर्षीय पप्पु भन्ने राजिव ठाकुर, बिहारको मेयरगञ्जका ४० वर्षीय सुवोध कुमार, रौतहटको नराइ टोल बस्ने ३० वर्षीय विशाल राइ, ललितपुर महानगरपालिका कुपोन्डोलका ३३ वर्षीय सञ्जय राना मगर र भक्तपुर चाङ्गुनारायणका ३७ वर्षीय अमित खत्री रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख रविन्द्र बहादुर सिंहले जानकारी दिए  ।

पक्राउ परेका आठै जनामाथि आवश्यक थप अनुसन्धानको कार्य भइरहेको उनले बताए । उनका अनुसार पक्राउ परेकाहरुबाट एक हजारको नोट साइजको कालो रंगको पेपर १४ थान, तरल पदार्थ १३ लिटर र ९५ हजार ८ सय ५० रुपैयाँ बरामद गरिएको छ । यसैगरी किप्याड २ सहित मोबाइल १० थान, भारतीय नम्बर प्लेटको एउटा मोटरसाइकल र नेपाली नम्बर प्लेटको एउटा स्कारपियो पनि बरामद गरिएको छ ।

सम्बन्धित खबर