२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

कपिलवस्तुमा बस र पिकअप ठोक्किँदा एक जनाको मृत्यु

Nada
क्षितिज किरण
२०८१ जेठ २९ गते १३:४७
Shares
कपिलवस्तुमा बस र पिकअप ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तु : कपिलवस्तुको बुद्धभूमि नगरपालिका-४ झडुलामाईमा बस र पिकअप ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य आठ जना घाइते भएका छन् ।

ncell

काठमाडौंबाट सुर्खेत जाँदै गरेको क प्र ०२ - ००१ ख ०५२५ नम्बरको बस र लु १ च ९२८४ नम्बरको पिकअप मंगलबार बिहान एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा पिकअपका चालक कपिलवस्तु शिवराज नगरपालिका बस्ने हिरालाल बढईको घटनास्थलमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । पिकअपमा च्यापिएका बढईलाई दुई घण्टापछि निकालिएको थियो ।

दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि बुटवल पठाइएको इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक वीरबहादुर सुनारले जानकारी दिए ।
 

ताजा खबर

सम्बन्धित खबर