२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

आम सञ्चारका समस्याबारे मिडिया अलाइन्सद्वारा सञ्चारमन्त्रीलाई ज्ञापन पत्र 

Nada
२०८१ भदौ १६ गते २०:५४
Shares
आम सञ्चारका समस्याबारे मिडिया अलाइन्सद्वारा सञ्चारमन्त्रीलाई ज्ञापन पत्र 

काठमाडौ : मिडिया अलाइन्स नेपालले सञ्चार क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आइतबार मिडिया अलाइन्सका अध्यक्ष भाष्करराज राजकर्णिकार नेतृत्वको प्रतिनिधिमण्डलले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई विभिन्न माग समेटिएको ज्ञापनपत्र बुझाउँदै कोरोना महामारी, आर्थिक मन्दीलगायतका कारण धरासायी बनेको सञ्चार गृहहरुको समस्या समाधान गरिदिन आग्रह गरेको हो । 

ncell

अलाइन्सका अध्यक्ष राजकर्णिकारले आमसञ्चारमाध्यमलाई दिने विज्ञापनको रकमको सीमा नलाग्ने व्यवस्था गर्न, मदिराजन्य पदार्थको विज्ञापनमा लगाइएको रोक फुक्का गरिदिन, सञ्चारमाध्यमले तिर्नुपर्ने करमा सहुलियत दिन, श्रमजीवी पत्रकार तथा कर्मचारीको पारिश्रमिक एवं मिडियाको दैनिक सञ्चालन खर्चका लागि बढीमा ३ प्रतिशत ब्याजदरमा १० करोडसम्म सहुलियतपूर्ण ऋणको व्यवस्था गर्न मन्त्री गुरुङसमक्ष माग गरे ।

अलाइन्सले सामाजिक सञ्चालहरुमा विज्ञापन रोक्नसमेत माग गरेको छ । ज्ञापनपत्र बुझ्दै सुचना तथा सञ्चारमन्त्री गुरुङले अलाइन्सले राखेका मागबारे चाँडोभन्दा चाँडो अरु मन्त्रालयसँग पनि समन्वय गरेर समाधानको पहले गर्ने आश्वासन दिए । उनले सञ्चार क्षेत्रमा देखिएका नीतिगत समस्या पनि छिट्टै सम्बोधन गर्ने प्रतिबद्धता जनाए । सञ्चार क्षेत्रमा २०१४ सालदेखिका नीतिहरु रहेको बताउँदै मन्त्री गुरुङले त्यसलाई समयानुकूल परिमार्जन गरी समयसापक्ष नीति नियम बनाएर कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मिडिया एलाइन्सले यसअघि पनि सञ्चार उद्योगमा देखिएका समस्या समाधानका लागि उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काको पनि ध्यानाकर्षण गराएको थियो ।

ताजा खबर

सम्बन्धित खबर