२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

अस्पतालको भवनबाट हाम फालेकी महिलाको मृत्यु

Nada
२०८१ भदौ १६ गते १३:३४
Shares
अस्पतालको भवनबाट हाम फालेकी महिलाको मृत्यु

काठमाडौँ : ललितपुरको हरिसिद्धीस्थित क्यान्सर अस्पतालको भवनबाट हाम फालेकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । 

ncell

अस्पतालमा थाइराइडको क्यान्सर उपचार गराइरहेकी काठमाडौँ महानगरपालिका वडा नम्बर ८ की ६४ वर्षीया पुनमाया तामाङको मृत्यु भएको हो । 

हामफालेर गम्भीर घाइते भएकी तामाङको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । 

साउन २४ देखि क्यान्सर अस्पतालमा उपचाररत उनी शनिबार अस्पतालको ए ब्लकबाट भुइँमा हाम फालेकी थिइन् ।

ताजा खबर

सम्बन्धित खबर