२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

बाँकेमा तिजको रौनकः भड्किलो नबनाउन जोड

Nada
२०८१ भदौ १५ गते २२:२०
Shares
बाँकेमा तिजको रौनकः भड्किलो नबनाउन जोड

नेपालगञ्ज : बाँकेको विभिन्न भागमा एक सातादेखि हरितालिका तिजको रौनक छाएको छ । नेपाली नारीहरुको साँस्कृतिक पर्व तिजको अवसरमा जिल्लास्थित विभिन्न राजनीतिक दल, वर्गीय संगठन, सामाजिक संघ संस्थाहरुद्वारा शुभकामना आदान–प्रदान तथा चेलीबेटीहरुलाई दर खुवाउने कार्यक्रमहरुको आयोजना गरिएको हो ।

ncell

सोही अवसरमा नेपाल कम्युनिष्ट पार्टी एमाले नेपालगञ्ज उपमहानगरपालिका १२ नम्बर वडा कमिटीको आयोजनामा वडाका चेलीबेटीहरुलाई सहभागी गराइ तिजको शुभकामना आदान–प्रदान, चेतनामूलक गीत नृत्य प्रदर्शन तथा दर खुवाउने कार्यक्रम सम्पन्न भएको छ ।  

वडा नं. १२ कमिटीका अध्यक्ष प्रदीप सापकोटाको अध्यक्षता तथा केन्द्रीय सदस्य एवं बाँके जिल्ला इञ्चार्ज शान्ति ढकालको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा बाँके जिल्ला अध्यक्ष निरक गुरुङ, लुम्बिनी प्रदेश सदस्य मिना ढकाल, हिरा खराल, जिल्ला कमिटी सदस्यद्वय कृष्ण कुमार थापा, अनिता थापा, नगर अध्यक्ष मोहित शाह, वडा नं. १२ कमिटीका निवर्तमान अध्यक्ष जनक राम भण्डारी लगायत जिल्ला तथा नगर कमिटीका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

सो कार्यक्रममा प्रमुख अतिथि शान्ति ढकाल, प्रदेश सदस्य मिना सुवेदी ढकाल, जिल्ला अध्यक्ष निरक गुरुङले तिजको शुभकामना व्यक्त गर्दै महिलाहरुको महत्वपूर्ण पर्व तिज पर्व भड्किलो नबनाएर आफ्नो गच्छे अनुसार साँस्कृतिक परम्परा र संस्कृति जोगाउनु पर्ने बताए ।

वडा कमिटीका अध्यक्ष प्रदीप सापकोटाले दिदी बहिनीहरुको आपसमा भेटघाट र दुःख सुख बाढ्ने तथा मौलिक संस्कृतिका तिज गीत गाएर महिलाहरुले नृत्य गरिएको बताए । कार्यक्रममा वडा नं. १२ मा बसोवास गर्ने करिब एक सय जना महिलाहरू सहभागी थिए ।

ताजा खबर

सम्बन्धित खबर