२०८२ साउन २५ गते आइतवार / Aug 10 , 2025 , Sunday
२०८२ साउन २५ गते आइतवार
Ads

सडक पूर्वाधार कार्यालय अर्घाखाँचीका ९१ योजना सम्पन्न

shivam cement
सूर्यप्रसाद भुसाल
२०८१ भदौ १५ गते २१:१८
सडक पूर्वाधार कार्यालय अर्घाखाँचीका ९१ योजना सम्पन्न

अर्घाखाँची : पूर्वाधार विकास कार्यालय अर्घाखाँचीले गत आर्थिक वर्ष जिल्लाभर १३.९७ किलोमिटर सडक कालोपत्रे सम्पन्न गरेको छ ।

जिल्लामा आर्थिक वर्ष २०८०/०८१ मा सडक पूर्वाधार कार्यालयले आफू मातहतका विभिन्न सडक योजना अन्तर्गत १३.९७ किलोमिटर सडक कालोपत्र गरिएको पूर्वाधार विकास कार्यालय अर्घाखाँचीका डिभिजन इन्जिनियर गोपीराज पुनले जानकारी दिए । पूर्वाधार कार्यालय अर्घाखाँचीले गत वर्ष ११.४८  किलोमिटर नाली निर्माण गरेको डिभिजन प्रमुख पुनको भनाइ छ । यस्तै ठूला २ वटा मोटरेबल पुल निर्माण सम्पन्न गरेको पुनले मध्यान्हलाई जानकारी दिए । 

सडक पूर्वाधार कार्यालय अर्घाखाँचीले जिल्लाभर १० वटा कलभर्ट/कजवे निर्माण गरेको  समेत डिभिजन इन्जिनियर पुनले दाबी गरे । यस्तै १ वटा लामा तालमा  झोलुङ्गे पुल निर्माण गरेको कार्यालय प्रमुख पुनले बताए । गत वर्ष सडक पूर्वाधार विकास कार्यालयले सडक निर्माण, मोटरेबल पुल, झोलुङ्गे पुल, कलभर्ट निर्माणसहितका वहुवर्षीय ठेक्का लगायतका योजनाहरु समेत यस वर्ष धेरै सम्पन्न गरेको पुन बताउँछन् ।  

अर्घाखाँची जिल्लामा सडक पूर्वाधार कार्यालयले जिल्लाभर १८.४८ किलोमिटर सडक निर्माण विस्तार चौडा गर्ने काम सम्पन्न गरेको छ भने जिल्लाभर ३९.३२ किलोमिटर सडक ग्राभेल समेत सम्पन्न भएको छ  । जिल्लाका विभिन्न ठाउँहरुमा मोटरेबल पुल निर्माण भएसँगै स्थानीय बासिहरु आफुहरुलाई आवतजावतमा गर्न सहजता भएको भन्दै निकै हर्षित बनेका छन् ।

पूर्वाधार विकास कार्यालय अर्घाखाँचीले विभिन्न ठाउँहरुमा पुल निर्माण गरेको हो ।  निर्माणका कामहरु सुस्त गतिमा हुने गरेको भन्ने गुनासो रहने गरेका वहुवर्षीय ठूला सडकहरुको काम कालोपत्रे अन्तर्गत पर्ने विभिन्न ठाउँका योजनाहरु अहिले  तीव्र गतिमा शुरु भएका छन् । केही अधुरा योजनाहरुको काम पनि शुरु हुनुलाई सकारात्मक विषय भएको सन्धिखर्क नगरपालिका वडा नम्बर ६ का स्थानीयबासी भानु पराजुलीले बताए । 

कतिपय योजना समयमा नसकिँदा समस्या हुने गरेको देखिन्छ, तर गरे असम्भव हुँदो रहेछ भन्ने सकारात्मक उदाहरण केही योजना देख्दा स्पष्ट भएको पराजुलीले प्रतिक्रिया दिए  । 

पुन कार्यालयमा हाजिर भएपछि कामले तीव्रता लिएको कर्मचारी गोबिन्द श्रेष्ठले भने, ‘कार्यालय प्रमुख आफैं फिल्डमा आउँछन् । नभनि हामीले फिल्ड छोड्न पाउँदैनौं । हामी त अहिले फिल्ड बसेर काम गराउन बाध्य छौं ।’

कार्यालय प्रमुख पुनले सडकको वहुवर्षीय ठेक्का सम्झौता गर्ने तर काम नगर्ने लम्बाउने व्यवसायी कम्पनीलाई पनि काम गर्न अनुरोध गर्दै कार्यालयबाट सबै सहयोग गर्न तयार रहेको व्यहोराको पत्र पठाइ ताकेता गरी काम सुचारु गराउन शुरु गरेका छन् । 

कार्यालयका कर्मचारीबाट पटक–पटक ताकेता भएपछि बाध्य भएर कामलाई द्रुत रुप दिन आफूहरु बाध्य भएको व्यवसायी सहिदिन मिया बताउँछन् । 

उनी भन्छन्, ‘यस्ता कार्यले अन्य सुस्त योजनालाई समेत समयमा सम्पन्न गर्न ऊर्जा थप्ने गरेको छ । कार्यालयले आर्थिक वर्ष २०८०/०८१ मा भौतिक प्रगति ८० प्रतिशत र वित्तीय प्रगति ७७ प्रतिशत भएको छ भने जिल्ला भरका ९१ सडक योजनाहरु सम्पन्न भएका छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise