२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

स्वयंसेवी रक्तदाता समाज बाजुराको भेला सम्पन्न

Nada
पवन जायसवाल
२०८१ भदौ १४ गते २१:५७
Shares
स्वयंसेवी रक्तदाता समाज बाजुराको भेला सम्पन्न

नेपालगञ्ज : नेपाल स्वयंसेवी रक्तदाता समाज बाजुरा जिल्ला शाखा गठनार्थ भेला सम्पन्न भएको छ । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको सभापतित्वमा भएको कार्यक्रममा बाजुराका प्रमुख जिल्ला अधिकारी हेमकान्त पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । 

ncell

भेलामा नेपाल रेडक्रस सोसाइटी बाजुरा जिल्ला शाखाका सदस्यद्वयः चक्र थापा, मदन रोकाया र भानुदय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिक्मत बहादुर थापा लगायतको आतिथ्यता कार्यक्रम सम्पन्न भएको थियोे ।

सो अवसरमा नेपाल स्वयंसेवी रक्तदाता समाजको आजीवन सदस्यता लिएका  बाजुरा जिल्लाका सरिता कुमारी रावललाई कार्यक्रमका सभापति एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले समाजको आजीवन सदस्यता प्रमाण–पत्र, परिचय–पत्र र संस्थाको ब्याच प्रदान गरेका थिए । 

उक्त भेलाले आगामी कात्तिक महिनाको पहिलो हप्ता नेपाल स्वयंसेवी रक्तदाता समाज बाजुरा जिल्ला शाखा गठन गर्नका लागि हिक्मत बहादुर थापालाई संयोजक चयन गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर