२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

लिबर्टी माइक्रो लाइफको धितोपत्र निष्कासन प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

Nada
२०८१ भदौ १३ गते २१:५३
Shares
लिबर्टी माइक्रो लाइफको धितोपत्र निष्कासन प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

काठमाडौं : लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

ncell

शेयर निष्कासन तथा बिक्री प्रबन्धकका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा निष्कासन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकुमार यादव र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।

कम्पनीले जारी पुँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रकम बराबरको कुल २२ लाख ५० हजार कित्ता साधारण शेयर प्रतिशेयर अंकित मूल्य एक सय रुपैयाँ दरमा सर्वसाधारणहरुमा निष्कासन गर्न लागेको जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर