
काठमाडौँ : काठमाडौँको रानीपोखरीमा एक जना पुरुषको शव भेटिएको छ ।
बुधबार साँझ साढे ७ बजेतिर करिब ३५–४० वर्षका पुरुष रानीपोखरीभित्र मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दानबहादुर थापाले बताएका छन् ।
उनको पहिचान खुलेको छैन । रानीपोखरीको किनारामा उनको कपडा भेटिए पनि त्यसमा परिचय खुल्ने कुनै कागजात नभेटिएको एसपी थापाले बताए ।
शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । घटनाबारे प्रहरी वृत्त दरबारमार्गले अनुसन्धान गरिरहेको छ ।