२०८३ असोज २४ गते शनिवार / Oct 10 , 2026 , Saturday
२०८३ असोज २४ गते शनिवार

पृथ्वी राजमार्ग खुलाउने काम तीव्र, आज साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्य

Nada
२०८३ असोज २४ गते ११:३०
Shares
पृथ्वी राजमार्ग खुलाउने काम तीव्र, आज साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्य

काठमाडौँ : पृथ्वी राजमार्गअन्तर्गत पर्ने धादिङको गजुरी नजिक गलौंदीमा सडक भासिएर अवरुद्ध भएको राजमार्ग खुलाउने काम तीव्र पारिएको छ ।

ncell

त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि अवरुद्ध बनेको राजमार्ग खुलाउन स्थानीय तहसँगको समन्वयमा ब्याक कटिङको काम भइरहेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । आज साँझसम्म यातायात पुनः सञ्चालनमा ल्याउने लक्ष्यसहित काम अघि बढाइएको हो ।

यसैबीच, पहिरोका कारण गएरातिदेखि अवरुद्ध बनेका बीपी राजमार्ग र कान्ति राजमार्गको अवरोध हटाइएको छ । अवरोध हटेसँगै दुवै राजमार्गमा यातायात सेवा पुनः सञ्चालनमा आएको मन्त्रालयले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर