
काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष महेशकुमार बस्नेत युनिभर्सल पिस फाउन्डेसनको सद्भावनादूतकारूपमा चयन भएका छन् ।
वैदेशिक रोजगार व्यवसायी तथा श्रम क्षेत्रको जिम्मेवार भूमिकासँगै शान्ति, सद्भाव र सामाजिक उत्तरदायित्वका क्षेत्रमा उल्लेख्य काम गरेको योगदानको कदरस्वरूप ग्लोवल राइजिंग ग्रुपका अध्यक्षसमेत रहेकी व्यवसायी बस्नेतलाई उक्त सम्मान गरिएको हो ।

प्रथम उपाध्यक्ष बस्नेतले शान्तिपूर्ण समाज निर्माणका लागि सभ्य र असल नागरिकका रूपमा सकेको सकारात्मक काम गर्नु आफ्नो जिम्मेवारी रहेको बताए ।
संघका अध्यक्ष डिकबहादुर खत्री ‘कुमार’ले उक्त सम्मानले व्यवसायी बस्नेतको योगदानलाई थप उचाइ प्रदान गर्ने विश्वास लिएको बताए ।
