२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

राष्ट्रिय अनुसन्धान विभागका उप-निर्देशककै प्रमाण पत्र नक्कली, अख्तियारले हाल्यो मुद्दा

Nada
२०८१ जेठ २७ गते १५:१६
Shares
राष्ट्रिय अनुसन्धान विभागका उप-निर्देशककै प्रमाण पत्र नक्कली, अख्तियारले हाल्यो मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाण पत्र पेस गरी राष्ट्रिय अनुसन्धान विभागमा जागिर खाएको अभियोगमा हेमन्त चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले आइतबार चौधरीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

ncell

चौधरीले मगध विश्वविद्यालय, बोधगया, भारतबाट बि.ए. उत्तीर्ण गरेको भनि नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी राष्ट्रिय अनुसन्धान विभागमा अनुसन्धान अधिकृतको बढुवा नियुक्ति लिइ त्यसपश्चातका माथिल्ला विभिन्न पदका लागि समेत सोही प्रमाणपत्र पेस गरी हाल राष्ट्रिय अनुसन्धान विभाग अन्तर्गत उप-अनुसन्धान निर्देशक पदमा रही ओहोदा, लाभ र सुविधा प्राप्त गरेको पुष्टि भएको अख्तियारले बताएको छ ।

चौधरीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिइ मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

सम्बन्धित खबर