२०८२ साउन २० गते मङ्गलवार / Aug 05 , 2025 , Tuesday
२०८२ साउन २० गते मङ्गलवार
Ads

गुणस्तरहीन काम गर्नेलाई कारबाही हुन्छ : मुख्यमन्त्री आचार्य

shivam cement
सुर्य प्रसाद भुसाल
२०८१ साउन ३० गते २१:५२
गुणस्तरहीन काम गर्नेलाई कारबाही हुन्छ : मुख्यमन्त्री आचार्य

भालुवाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले  मन्त्रालयहरुले गरेको काममा असन्तुष्टि व्यक्त गर्दै काममा सुधार ल्याउन कर्मचारीलाई निर्देशन दिएका छन् ।  

भौतिक पूर्वाधार मन्त्रालय लुम्बिनी प्रदेशको आर्थिक वर्ष२०८०/०८१ को वार्षिक समीक्षा गोष्ठीको  उद्घाटन गर्दै मुख्यमन्त्री आचर्यले बजेट कार्यान्वयनको कार्ययोजना अस्पष्ट भएको भन्दै जनताले अनुभूत हुने गरी प्रतिफल देखिने काम गर्न सिनियर डिभिजन प्रमुख तथा कर्मचारीहरुलाई निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री  आचार्यले मुख्यमन्त्री तथा  मन्त्रिपरिषद्को कार्यालयसँग समन्वय गरेर विकासे मन्त्रालयहरुले काम  गर्नुपर्ने र गुणस्तरीयतामा कुनै कमी हुन नदिने गरी काम गर्न बुँदागत सुझावसहितको निर्देशन दिएका हुन् । 

मुख्यमन्त्री आचार्यले भने, ‘कार्यक्रम कार्यान्वयन गर्दा बजेट खर्चको लक्ष्य हासिल हुनेतिर मात्रै भन्दा पनि  स्पष्ट परिणाम देखिने वा जनताले  प्रत्यक्ष अनुभूत गर्नेगरी नतिजा हासिल गर्नेतर्फ ध्यान दिन कर्मचारीलाई अनुरोध गरेका थिए  ।

आचार्यले तीव्र गतिमा पूर्वाधार निर्माणका काम गर्न नसके सुखी ‘नेपाली, समृद्ध नेपाल’को राष्ट्रिय आकांक्षा पुरा नहुने बताए ।

अहिले सडक निर्माण गरेको १५ दिनमै भत्कने गरेको पाइएको बताउँदै उनले उपभोक्ताहरु समेत यस्तो प्रकारको पूर्वाधार निर्माणबाट आजित भइसकेकाले  अब प्रदेशमा हुने हरेक विकास निर्माणका कामहरु पारदर्शीता गुणस्तरीय नभएको पाइएमा सम्बन्धित कार्यालयका प्रमुखहरुलाई कारबाही गर्ने चेतावनी दिए । पूर्वाधार निर्माणाको गुणस्तर नहुँदा एक पक्षले अर्को पक्षलाई गाली गर्नुको सट्टा यो समस्यालाई समाधान गर्नेगरी सबैले एकजुट हुनुपर्ने उनले उल्लेख गरे ।

कार्यक्रममा भौतिक पूर्वाधार मन्त्री भूमिश्वर ढकालले विकास निर्माणका कामहरु गुणस्तरीय गर्नका लागि सबै लाग्नुपर्ने बताए । समीक्षा गोष्ठीमा लुम्बिनी प्रदेशभित्रका १२ जिल्लाका पूर्वाधार कार्यालयका सिनियर डिभिजन इन्जिनियरहरुले जिल्ला जिल्लामा गरेको कामहरु समस्याहरु आगामी योजनाहरु प्रस्तुत गरेका थिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise