२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

परियार सेवा समाज अर्घाखाँचीको अध्यक्षमा रमेश परियार चयन

Nada
सूर्यप्रसाद भुसाल
२०८१ साउन ३० गते २१:२१
Shares
परियार सेवा समाज अर्घाखाँचीको अध्यक्षमा रमेश परियार चयन

अर्घाखाँची : परियार सेवा समाज अर्घाखाँचीको पाचौं जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । समाजका केन्द्रीय संयोजक डिबी परिवारको प्रमुख आतिथ्यतामा भएको उद्घाटन पश्चात भएको बन्द सत्रले रमेश परियारको अध्यक्षतामा २३ सदस्यीय जिल्ला समितिको चयन गरेको छ ।

ncell

नयाँ नेतृत्वसँगै समाजले पत्रकार सम्मेलनको आयोजना गर्दै समाज नर्सरी पाठशालाको रुपमा अघि बढ्न खोजेको बताएको छ । 

पत्रकार सम्मेलनमा समाजका पूर्व उपाध्यक्ष खड्क दर्नाल, केन्द्रीय सदस्य अन्जान गौतम परियार, जिल्लाका संस्थापक अध्यक्ष राम बहादुर परियार, प्रदेश सदस्य जंग परियार पूर्व अध्यक्ष रुद्र सुनाम, नि.वर्तमान अध्यक्ष मनिराम परियार लगायत सञ्चारकर्मीहरुको उपस्थित रहेको थियो । 

कार्यक्रम समाजका अध्यक्ष रमेश परियारको अध्यक्षता तथा पूर्व केन्द्रीय सदस्य बिष्णु परियारको सञ्चालनमा सम्पन्न भएको थियो ।

ताजा खबर

सम्बन्धित खबर