२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

युवा दिवसको अवसरमा वृक्षारोपण

Nada
कमल कुमाल
२०८१ साउन २९ गते ११:४६
Shares
युवा दिवसको अवसरमा वृक्षारोपण

कालीकोट : २५औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा कालीकोटको रास्कोट नगरपालिकास्थित बडिमालिका माध्यमिक विद्यालयअन्तर्गत प्राविधिक शिक्षा सञ्चालन गरिएको भवनको हातामा वृक्षारोपण गरिएको छ ।

ncell

प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग र हुरेन्डेक नेपाल कालीकोटको साझेदारीमा सञ्चालित सशक्त बालिका परियोजनाको अगुवाइमा पालिकास्थित सम्पूर्ण सरोकारवालाहरुको उपस्थितिमा वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको हो । वृक्षारोपणका लागि डिभिजन वन कार्यालय, कालीकोटले सल्ला, कोइराला र बकाइनाको बिरुवाहरु उपलब्ध गराएको थियो ।

शिक्षा विकास तथा समन्वय इकाइ कालीकोटका प्रमुख लालप्रसाद पोखरेलले वृक्षारोपण गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । “दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि” भन्ने मूल नाराका साथ रास्कोट नगरपालिकाका युवाहरु हातहातमा प्लेकार्ड लिएर र्‍यालीसहित वृक्षारोपाण कार्यक्रममा जुटेका थिए ।

र्‍यालीमा रास्कोटका युवाको गन्तव्य, हानिकारक मूल्यमान्यताको अन्त्य; युवा समाज रुपान्तरण र राष्ट्रिय परिवर्तनका सम्बाहक हुन् युवा रोकिए संसार रोकिन्छ, दिगो विकास र स्थायित्व, युवामा लगानी सरकारको दायित्वलगायतका नाराहरु गुञ्जायमान गर्दै राष्ट्र निर्माण र समाज रुपान्तरणमा युवाको महत्वपूर्ण भूमिका रहेको सन्देश प्रवाह गरिएको थियो ।

युवा दिवसको अवसरमा बढ्दो जलवायु परिर्वतनलाई न्यूनीकरण गर्न सहयोग पुग्ने किसिमले युवा परिचालनमार्फत वृक्षारोपण कार्यक्रमको आयोजना गरेकोमा हुरेन्डेक नेपाल कालीकोटलाई शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख पोखरेलले धन्यवाद व्यक्त गरेका थियो । उद्घाटन सत्रमा बोल्दै प्रमुख पोखरेलले आगामी दिनमा जिल्लास्थित सबै विद्यालयले एक विद्यार्थी एउटा बिरुवा रोप्ने र हुर्काउने कार्यक्रम सञ्चालन गर्ने बताए ।

कार्यक्रममा सशक्त बालिका परियोजनाका कार्यक्रम संयोजक डम्बर बोहोराले समृद्ध रास्कोटको नारा साकार पार्नका लागि परियोजनाले बालविवाहलगायतका सामाजिक हानिकारक अभ्यास न्यूनीकरणसँगै जलवायु परिवर्तन अनुकूलनका लागि रास्कोटमा रहेका सुख्खा डाँडाकाँडाहरुमा निरन्तर वृक्षारोपण गर्ने बताए ।

वृक्षारोपण कार्यक्रममा रास्कोट नगरपालिका शिक्षा शाखा प्रमुखसहित कर्मचारी, बडिमालिका माध्यमिक विद्यालयका वि.व्य.स. अध्यक्ष, प्र.अ.लगायत शिक्षकहरु, पालिकास्थित विभिन्न संघ संस्थाका प्रतिनिधिहरु र हुरेन्डेक नेपाल कालीकोटका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

uae

सम्बन्धित खबर