२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

परिवर्तन गाउँपालिकाले गर्‍यो बजार अनुगमन 

Nada
सुर्य प्रकाश बुढा मगर
२०८१ साउन २८ गते १०:२३
Shares
परिवर्तन गाउँपालिकाले गर्‍यो बजार अनुगमन 

रोल्पा :रोल्पाको परिवर्तन गाउँपालिकाले बजार अनुगमन गरेको छ। आइतबार  परिवर्तन गाउँपालिका उपभोक्ता हित संरक्षण समितिको आयोजनामा परिवर्तन गाउँपालिका-१ को खरिबोट बजार   परिवर्तन गाउँपालिका-५ को घर्‍याम्झिम र पुतलाचौर बजारको अनुगमन गरिएको हो । 

ncell

आम नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै बजार अनुगमन गरिएको परिवर्तन गाउँपालिकाले जानकारी दिएको छ। अनुगमन गर्दा नागरिकको दैनिक जीवनसँग जोडिएको खाद्यान्न र पेय पदार्थलाई प्राथमिकता दिदै अनुगमन गरिएको छ
। 

त्यस्तै गाउँपालिकामा दर्ता, नविकरण, प्यान नम्बर, मुल्य सुची र पसलको बोर्ड छ कि छैन भनेर समेत अनुगमन गरिएको छ । केही नयाँ पसलहरु बजार व्यवस्थापन समितिमा दर्ता भएको र गाउँपालिकामा दर्ता नभएको पाइएकोले समय दिएर अनिवार्य गाउँपालिकामा दर्ता गरी सञ्चालन गर्न समेत आग्रह गरिएको छ । 

केही पसलबाट कम कम मात्रामा म्याद गएको सामान फेला परेको र उक्त सामान उपभोक्ता हित संरक्षण समितिले जफत गर्दै आगामी दिनमा त्यस्ता सामानहरु पसल सञ्चालन स्वयंले नष्ट गर्न वा सम्बन्धित कम्पनीलाई फिर्ता गर्न समेत भनेको छ । दुबै ठाउँको बजारमा गत बर्षभन्दा धेरै मात्रामा सुधार भएको पाइएको छ भने नयाँले दर्ता नगरेको पाइएकोले अनुगमन समितिले दिएको समय भित्र दर्ता गरी पसल  सञ्चालन  गर्न समेत आग्रह गरिएको छ । 

परिवर्तन गाउँपालिका उपभोक्ता हित संरक्षण समितिका संयोजक कलादेवी खत्रेनीको संयोजकत्वमा भएको बजारमा अनुगमनमा परिवर्तन गाउँपालिका अध्यक्ष सुक बहादुर बुढा मगर, परिवर्तन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रेम जि.एम, ईलाका प्रशासन कार्यालय घर्तीगाउँका सुब्बा उदिराम रोका, परिवर्तन गाउँपालिका प्रशासन शाखा प्रमुख ललित बुढा मगर, उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशका सदस्य मन बहादुर घर्ती मगर, परिवर्तन गाउँपालिका स्वास्थ्य प्रमुख दिपक घर्ती मगर, परिवर्तन गाउँपालिका-१ का वडा अध्यक्ष मैते बुढा मगर, परिवर्तन गाउँपालिका उद्यम सहजकर्ता झक्कु डाँगी, ईलाका प्रहरी कार्यालय ओबाङका इन्चार्ज ओमभक्त केसी, प्रहरी चौकी कुरेलीका इन्चार्ज लालबहादुर शाही, हवल्दार सुर्य बहादुर कार्की, अस्थाई प्रहरी पोष्टका हवलदार सुरेश घर्ती, सहायक हवल्दार गोमानसिंह थापा, ईलाका प्रहरी कार्यालय ओबाङका प्रहरी जवान चन्द्रबहादुर घर्ती मगर, प्रहरी चौकी कुरेलीका जवान नन्दलाल घर्ती मगर लगायतको टोलीले बजार अनुगमन गरेको थियोे । 

२५ साउनमा परिवर्तन गाउँपालिका-३ को बागमारा बजार र परिवर्तन गाउँपालिका-६ को दुइखोली बजारमा अनुगमन गर्दा भेटिएका सामान र २७ साउनमा परिवर्तन गाउँपालिका-१ कुरेलीको खरिबोट बजार तथा परिवर्तन गाउँपालिका -५ को घर्‍याम्झिम र पुतलाचौरमा अनुगमन गर्दा भेटिएको सामान खाल्डोमा पुरेर नष्ट गरिएको छ । 

करिब ४४ हजार ६ सय ८७ रुपियाँ  बराबरको म्याद गुर्जिएको सामान ब्रामड गरी नष्ट गरिएको छ । नष्ट गरिएको सामानमा पेय पदार्थ, जङ्क फूड र कस्मेटिक सामानहरु रहेका छन् । परिवर्तन गाउँपालिकाले २०७९ देखि ठूला चार्डपर्व दशै तथा तिहारलाई लक्षित गरेर बजार अनुगमन गर्दै आएको छ । यो बर्ष दशै तथा तिहार आउनुभन्दा पहिल्यै बजार अनुगमन गरेको छ । अब गाउँपालिकाले आफ्नो अनुकूल समय मिलाएर तीन महिना अथवा चार महिनाको अन्त्तालमा बजार अनुगमन गर्ने समेत बताएको छ।

uae

सम्बन्धित खबर