२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

२५औं अवधी दिवस समारोह सम्पन्न

Nada
पवन जायसवाल
२०८१ साउन २७ गते २१:२४
Shares
२५औं अवधी दिवस समारोह सम्पन्न

बाँके : अवधी तथा हिन्दी भाषा सँस्कृतिका महान पण्डित, भक्त कवि, सन्त शिरोमणी तुलसीदासको ५२७ औं जयन्ती, चौथो अन्तरदेशीय अवधी महोत्सव तथा २५ औं अवधी दिवस समारोह –२०८१ सम्पन्न भएको छ । 

ncell

अवधी साँस्कृतिक प्रतिष्ठान केन्द्रीय कार्य समितिको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि तथा समाजसेवी पशुपति दयाल मिश्र, विशिष्ट अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य अनुवाद विभाग प्रमुख हंसावती कुर्मी, विशिष्ट अतिथि पूर्व प्राज्ञ सदस्य सचिव सनत कुमार रेग्मीले शिरोमणि तुलसीदास जी महाराजको तस्वीरमा माल्यार्पण र दीप प्रज्जवलित गरी कार्यक्रमको उद्घाटन गरेका थिए । 

रमेश चन्द कुमालको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय सचिव डा.पंकज कुमार गुप्ताले स्वागत मन्तव्य राखेका थिए । 

कार्यक्रममा उपाध्यक्ष सुशीला बैश्यले गणेश बन्दना र सरस्वती बन्दना डा.प्रवीण कुमार पाण्डेय आवाराले प्रस्तुत गरेका थिए । चर्तुथ अन्तरदेशीय अवधी रजत सम्मान –२०८१ बाट ६० जनालाई समाजसेवी र साहित्यकारहरुलाई सम्मान गरिएको छ । 

ताजा खबर

सम्बन्धित खबर