२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

‘यूथ लिडरसीप डेभलपमेन्ट एण्ड डिजिटल पाठवेज’सम्बन्धी कार्यशाला सम्पन्न

Nada
पवन जायसवाल
२०८१ साउन २६ गते २०:५०
Shares
‘यूथ लिडरसीप डेभलपमेन्ट एण्ड डिजिटल पाठवेज’सम्बन्धी कार्यशाला सम्पन्न

बाँके : नेपालगञ्जमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा एस.ओ.एस. युवालयको आयोजना तथा लुम्बिनी प्राविधिक विश्व विद्यालय नेपालगञ्ज सहकार्यमा ‘यूथ लिडरसीप डेभलपमेन्ट एण्ड डिजिटल पाठवेज’सम्बन्धी एक दिने कार्यशाला गोष्ठी शनिबार सम्पन्न भएको छ ।

ncell

लुम्बिनी प्राविधिक विश्व विद्यालय नेपालगञ्जको प्राङ्गणमा आयोजित कार्यशाला गोष्ठीमा लुम्बिनी प्राविधिक विश्व विद्यालयका कुल सचिव  रेग बहादुर भण्डारीले ‘डिजिटल पाठवेज फर सस्टिनिएबल’ प्रस्तुतीकरण गरेका थिए भने एस.ओ.एस.युवालय नेपालगञ्जका सहायक निर्देशक लक्षमण बहादुर कार्कीले ‘यूथ लिडरसीप  डेभलपमेन्ट’ विषयमा प्रस्तुतीकरण गरेका थिए । 

एस.ओ.एस.युवालय नेपालगञ्जका सहायक निर्देशक मीना तुलाधरको अध्यक्षतामा सम्पन्न कार्यशाला गोष्ठीमा ओपनिङ्ग रिर्माक्समा लुम्बिनी प्राविधिक विश्व विद्यालयका कुल सचिव भण्डारीले युवाहरुको परिभाषा, भूमिका र भविष्यको विषयमा मन्तव्य व्यक्त गरेका थिए । 

यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको नारा ‘यूथ डिजिटल पाठवेज फर सस्टिनिएबल डेभलपमेन्ट’ रहेको छ ।

यसलाई राष्ट्रिय युवा परिषदले ‘दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवाहरुको पहुँच अभिवृद्धि’ भनेर नेपालीमा नामाकरण गरिएको छ । यस वर्षको युवा दिवस ३ दिनसम्म विविध कार्यक्रम गरी मनाउने निर्णय गरिएको छ ।

कार्यक्रममा लुम्बिनी प्राविधिक विश्व विद्यालय नेपालगञ्जको सहकार्यमा सम्पन्न भएकोले एस.ओ.एस.युवालय नेपालगञ्जका सहायक निर्देशक मीना तुलाधरले लुम्बिनी प्राविधिक विश्व विद्यालयका कुल सचिव भण्डारीलाई सम्मान पत्र हस्तान्तरण गरेका थिए । 

कार्यक्रममा लुम्बिनी प्राविधिक विश्व विद्यालयका उपप्राध्यापक चतुर्भुज भट्ट, उपप्राध्यापक प्रतिक चन्द,  सहायक प्राध्यापक ई. सजिव रेग्मी, अनुसन्धान सहायक इ.नरेन्द्र बहादुर शाही, सहायक प्राध्यापक नमन वर्मा,सिनियर काउन्सिलर लक्ष्मण खनाल लगायत एस.ओ.एस.युवालय नेपालगञ्ज, लुम्बिनी प्राविधिक विश्व विद्यालयका युवा सहभागीहरुमा नेहा क्षेत्री, हरि बस्नेत, सविना नेपाली, चाहाना रोका क्षेत्री, निर्मला वि.क, चाँदनी ठकुल्ला, शर्मिला वि.क, सपना सिजापति, निशा आचार्य, दिपेश शाही, कृष्ण वली, रोशन घर्तीमगर, सागर सुनार, अमिर मल्ल, विकास शाही, सुमन बडुवाल, बलिराम जैसी, दिपक वि.क, सिर्जना परियार, सम्झना खड्का, तुल्सी सार्की, विकास गिरी, पुरन सिंह गुरुङ, गंगा सुनार, उज्वल सुनार, गणेश सिंह सुनार लगायतको सहभागिता रहेको थियो । 

ताजा खबर

सम्बन्धित खबर